coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विद्युत सर्ट हुँदा घरमा आगलागी

खोटाङ – विद्युत सर्ट हुँदा सल्किएको आगोले खोटाङमा एक घर नष्ट भएको छ। विद्युत सर्ट हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका संगीता कट्वालको दुई तले घर जलेर नष्ट भएको हो। 

मंगलबार दिउँसो भएको आगलागीमा कट्वालको नगद ५० हजार, घरभित्रका सवै सामान जल्दा ३ लाख ३२ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

आगो स्थानीयवासी र प्रहरीचौकी बुईपाका प्रहरीले नियन्त्रणमा लिएका थिए । घर जलेपछि कट्वाल परिवारको विचल्ली भएको छ। 

प्रकाशित: ४ आश्विन २०७४ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App