८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति

काठमाडौं– सरकारले मन्त्रिपरिषद् विस्तार गरेर आचारसंहिता उल्लंघन गरेको ठहर निर्वाचन आयोगले गरेको छ । सरकारले सोमबार दुईजना राज्यमन्त्री थपेर निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धाको वातावरण बिगारेको निर्वाचन आयोगको ठहर छ । 

आयोगले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय तुरुन्तै सच्याउन सरकारसँग आग्रह गरेको छ । ‘आचारसंहिता जारी भइसकेपछि सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने,’ आयोगको निर्णयमा उल्लेख छ, ‘राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिम शक्ति सन्तुलन तथा पृथकीकरण सिद्धान्त अवमूल्यन र आचारसंहिता प्रतिकूल हुने भएकाले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग आग्रह गर्छ ।’

यसअघि भदौ २६ मा पनि सरकारले मन्त्री थपेको थियो । सरकारले  नै पटकपटक आचारसंहिता उल्लंघन गर्दा चुनावमा असर पर्न सक्ने भन्दै यस्ता काम नगर्न नगराउन आयोगले आग्रह गरेको छ।

 

 

प्रकाशित: ४ आश्विन २०७४ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App