डोलिन्द्रले बुझाए स्पष्टीकरण

बुधबार, ०४ असोज २०७४, ०८ : २५ नागरिक

काठमाडौं – साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सरकारबाट दोस्रोपटक सोधिएको स्पष्टीकरणको जबाफ आइतबार शिक्षा मन्त्रालयमा बुझाएका छन् । साझामा भएको अनियमितताबारे समाचार प्रकाशित भएपछि मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मासहितको सञ्चालक समितिलाई कारबाही गर्न सिफारिस गरेपछि मन्त्रालयले भदौ १९ मा उनलाई स्पष्टीकरण सोधेको थियो। 

मन्त्रालयको निर्देशनअनुसार अध्यक्ष शर्माले भदौ २३ मा करिब सय पृष्ठ लामो स्पष्टीकरण मन्त्रालयलाई बुझाएका थिए। मन्त्रालयले चित्तबुझ्दो नभएको भन्दै उनलाई भदौ २७ मा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै पुनः तीनदिने स्पष्टीकरण सोधेको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले शर्माको जबाफ हेरेर कारबाही प्रक्रिया अघि बढाउने बताए । ‘शर्माले मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन्, अध्ययन गरेपछि कारबाही अघि बढाउँछौं,’ लम्सालले भने। 

मन्त्रालय आफैंले गठन गरेको छानबिन समितिले साझामा अनियमितता भएको पुष्टि गरे पनि मन्त्रालय शर्मालाई कारबाही गर्न सुस्त देखिएको छ । शर्मालाई कारबाही नगरेको भन्दै शिक्षामन्त्री गोपालमान श्रेष्ठको आलोचना सुरु भएपछि मन्त्रालयले शर्मालाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो।

छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेपछि अध्यक्ष शर्मासहित मनोनीत सदस्यले राजीनामा दिएका थिए । शिक्षामन्त्रीले राजीनामा अस्वीकृत गर्दै अध्यक्ष शर्मालाई काममा फर्किन आग्रह गरेका थिए। 
साझामा भएको अनियमितताबारे संसद्को सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेका छन्। 

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट २०७१ माघ ५ मा महाप्रबन्धक तथा २०७२ साउन १० गते अध्यक्षमा नियुक्ति पाएका शर्माले दुईवर्षे कार्यकाल पूरा गरी २०७३ पुसमा पुनः तत्कालीन शिक्षामन्त्री धनिराम पौडेलबाट चार वर्षका लागि दुवै पदमा नियुक्ति पाएका थिए।

 

सञ्चालक तीन सदस्यले साझा छाडे
साझा प्रकाशनका तीन सञ्चालकले आफूहरु साझामा नरहेको जानकारी गराएका छन् । सञ्चालक समितिमा मनोनीत सदस्य प्रदीप नेपाल, दिनानाथ शर्मा तथा साहित्यका डा. कृष्णहरि बरालले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरु साझामा नरहेको स्पष्ट पारेका हुन्।

‘हामीले पहिले नै मन्त्रालयलाई राजीनामा बुझाएका थियौं तर अस्वीकृत भएको भन्ने खबर आयो, त्यसैले साझामा छैनौं भन्ने सार्वजनिक जानकारीका लागि विज्ञप्ति निकालेका हौं,’ शर्माले नागरिकसँग भने।

शिक्षा मन्त्रालयले नेपाल र शर्मालाई २०७२ असार २४ गते तथा बराललाई २०७२ साउन १० गते साझाको सञ्चालक समितिमा मनोनयन गरेको थियो । उनीहरुमाथि साझाका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको अनियमितता ढाकछोप गरेको आरोप लाग्दै आएको छ । 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad