७ वैशाख २०८१ शुक्रबार
समाज

हनीप्रीत नेपाल आएको जानकारी छैन : नेपाल प्रहरी

हनीप्रीत

काठमाडौं— बलात्कारी बाबा रामरहिमकी छोरी हनीप्रीत नेपाल आएको विषयमा नेपाल प्रहरीले मंगलबार मुख खोलेको छ। भारतीय मिडियाले निरन्तर उनी नेपालमा लुकेर बसिरहेको भनिरहेका बेला नेपाल प्रहरीले उनी नेपाल अाएको अाफ्नो जानकारीमा नभएको जनाएको छ।

‘हनीप्रीत नेपाल आएको बारे प्रहरी संगठनलाई कुनै जानकारी छैन’, केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले नागरिकन्युजसँग भने, ‘भारतीय पक्षले हामीलाई उनको खोजीबारे कुनै आग्रह, अनुरोध गरेको छैन।’

‘हनीप्रीत नेपाल आएको बारे प्रहरी संगठनलाई कुनै जानकारी छैन’, केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले नागरिकन्युजसँग भने, ‘भारतीय पक्षले हामीलाई उनको खोजीबारे कुनै आग्रह, अनुरोध गरेको छैन।’

हरियाण केन्द्र बनाएर आफ्नो सञ्जाल फैलाएका बाबा रामरहिम बलात्कार मुद्दामा दोषी पाइएपछि छोरी हनीप्रीत गायब भएकी थिइन्। भारतीय मिडियाहरुले उनी जोगबनी हुँदै नेपाल प्रवेश गरी विराटनगरमा बस्दै आएको दाबी गरेका थिए।

हनीप्रीतका सवारी चालक प्रदीपले उनी नेपालतर्फ भागेको बयान प्रहरी समक्ष दिएका थिए। सोही बयानका आधारमा भारतीय मिडियाले बलात्कारी बाबाकी छोरी नेपालमा रहेको खबर निरन्तर फैलाइरहेका छन्। हनीप्रीतमाथि बाबालाई भगाउन योजना बनाएको र हिंसात्मक दंगाका लागि उक्साएको अभियोग छ।

प्रकाशित: ३ आश्विन २०७४ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App