coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यकर्ताद्वारा स्याङ्जामा एक युवा कुटिए

काठमाडौं– नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट स्याङजामा एक युवा घाइते भएका छन्।

चापाकोट नगरपालिका ८ का बन्धु घिमिरे कांग्रेस कार्यकर्ताको कुटपिटबाट सोमबार दिउँसो घाइते भएका हुन्।

साउन ७ गते नगरपालिकामा भएको अन्तर्क्रियामा प्रश्न सोधेको विषयमा कांग्रेस कार्यकर्ताले रिसइवी साँधेर हमला गरेको घाइते घिमिरेले बताए।

'साउन ७ गते नगरपालिकामा अन्तर्क्रिया भएको थियो', घिमिरेले भने 'त्यतिबेलै उनीहरु म सँग आक्रोसित भएका थिए अहिले त्यसैको रिसमा कुटपिट गरे।'

कुटपिटको आरोपमा कांग्रेस कार्यकर्ता विश्वास पुरी विरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको उनले बताए। उनको अनुहारमा र शरिरमा चोट लागेको छ। स्थानीय मेडिकलमा उपचार पछि घिमिरे घर फर्केका छन्। उनी ५ महिना अघि विदेशबाट फर्किएका हुन्।

'स्थानीय निर्वाचन पछि स्वदेशमा केही होला भनेर फर्किएको थिए', उनले भने, 'उल्टै सत्ता सम्हालेकाहरुबाट कुटाइ खानुपर्‍यो।'

कांग्रेस कार्यकर्ताहरु घरमा आएर प्रहरीमा दिएको उजुरी फिर्ता लिन दवाव दिइरहेको भन्दै उनले सुरक्षाको समेत माग गरेका छन्।

प्रकाशित: ३ आश्विन २०७४ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App