६ वैशाख २०८१ बिहीबार
राजनीति

जितपुरसिमरामा एमाले, महागढीमाईमा काँग्रेसको अग्रता

बारा- जिल्लाको १६ वटा स्थानीय तहहरुमा सोमबार सम्पन्न भएको तेस्रो चरणको निर्वाचनको मत गणना कार्य मंगलबार दिउँसोबाट शुरु भएको छ।

जितपुरसिमरा उपमहानगरपालिकामा एमालेको अग्रता

जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १ र २४ को मत गणना चलिरहँदा एमालेका उम्मेदवार पहिलो, काँग्रेसका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा रहेको जितपुरसिमरा उपमहानगरपालि निर्वाचन कार्यालयले जनाएको छ।

जितपुरसिमरा उपमहानगरपालिकाको पछिलो मत परिणाम सर्वजनिक हुँदा प्रमुखमा एमाले उम्मेदवर कृष्ण पौडेलले ५५३ मत ल्याएर अग्रता दिएका छन् भने उनलाई काँग्रेसका उम्मेदवार कृष्णब्रत सिँहले ३८८ मतका साथ दोस्रो स्थानमा रहेका छन्। त्यसै गरी माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले ३२० मत प्राप्त गरेका छन्।

 महागढीमाई नगरपालिकामा काँग्रेसको अग्रता

महागढीमाई नगरपालिकामा काँग्रेसका प्रमुख पदका उम्मेदवर उपेन्द्र यादवले ६६६ मतको साथ अग्रता लिएको महागढीमाई नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ।

काँग्रेसका प्रमुख पदका उम्मेदवारलाई राजपाको उम्मेदवार रामचन्द्र साहले ३५३ मतका साथ दोस्रो स्थानमा रहेका बताईको छ।

वडा नम्बर १ का मतगणना भई रहँदा यो परिमाण सार्वजनिक भएको हो ।

 

 

प्रकाशित: ३ आश्विन २०७४ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App