coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

छालालाई चम्किलो बनाउने उपाय

डा. जेबिना लामा
स्किन स्पेसलिस्ट

हामी नेपाली चाडपर्वप्रेमी छौँ । हरेक चाडमा हामीलाई रम्रिनु र राम्रो देखिनुपर्छ । हामीले दसैँ–तिहार होस् या अन्य चाडबाड, सबै बेला लुगाफाटो, सरसमान जोर्नमा धेरै ध्यान दिन्छौँ तर छालाको स्याहारका बारेमा त्यति सोच्दैनौँ । त्यस्तै ध्यान हामीले हाम्रो छालाका लागि पनि दिनुपर्छ । हामीले दिनहुँ यसको ख्याल गर्न नसके पनि फुर्सदको समयमा भने ख्याल राख्नुपर्छ । हाम्रो बाहिरी रुप भनेको छाला हो । त्यसैले यसको हेरविचारमा विशेष ध्यान पुर्याउनुपर्छ ।
दसैँको समय भनेको गर्मी र जाडो बीचको समय हो । यो समयमा हामीले छालाको विशेष हेरविचार गर्नुपर्ने हुन्छ ।
बोटक्स
चाडबाडका बेला धेरैले चासो दिने गरेको टिट्रमेन्ट भनेको बोटक्स हो । यसको असर सात दिनमा नै देखापर्छ । बोटक्स भनेको चाउरीपन हटाउने, छालालाई तन्काउने र अत्यधिक पसिना आउने समस्याबाट रोक्न गरिने उपचार हो ।
मेडिकल पिल्स
यसैगरी मेडिकल पिल्सका लागि उपचार गराउन आउनेहरुको पनि कमी छैन । छाला अथवा अनुहारमा आएको छालामा डन्डिफोर, चाया र पोतो आदि हटाउन गरिने उपचार मेडिकल पिल्स हो । यो गरिसकेपछि अनुहारमा चमक आउने र गोरोपन बढ्ने गर्छ ।
डाइमन टिप फेसियल
यसैगरी अनुहार वा छाला चम्काउने अर्को टिट्रमेन्ट भनेको डाइमन्ड टिप फेसियल हो । यो गरिसकेपछि छालालाई स्मुद र सफा बनाउँछ । यसले हाम्रो अनुहारमा भएको मरेको छालालाई निकालेर कोमल र चम्किलो बनाउने काम गर्छ ।
शल्यक्रियाबिना छाला तन्काउने
छालालाई कस्सिएको देखाउने र बुढ्यौली छालालाई तन्नेरी बनाउन यो टिट्रमेन्ट गरिन्छ । यसले मानिसलाई अप्रेसनबिना नै अनुहार कस्सिएको र राम्रो बनाउने काम गर्छ । जो मानिसलाई उमेरभन्दा कम देखिने रहर छ र अपेसन गर्नबाट डराउनु हुन्छ, त्यस्ता व्यक्तिका लागि यो उपयुक्त उपचार हो ।
शरद ऋतुमा चाउरी परेको छालालाई जवान बनाउन ध्यान दिनुपर्ने कुरा
असोज, कात्तिक, मंसिर, पुसजस्ता जाडो सुरु हुने या जाडो बढ्ने याममा धेरै हावा चल्छ । यस्तो हावाले शरीरको सुख्खापन बढाउँछ र छालालाई त झन् सुख्खा बनाउँछ ।  हामी गर्मी महिनामा पौडी खेल्न जान्छौँ, घुम्न जान्छौँ । त्यसैले त्यति बेला स्याहार्न नसकेको छालालाई यो समयमा स्याहार गर्न सक्छौँ ।
हामीले यो समयमा हावा सुख्खा हुने भएकाले कडा साबुनको प्रयोग नगर्ने । कडा साबुन भन्नाले गर्मीमा प्रयोग गर्ने बासनादार साबुनहरुलाई यो समयमा प्रयोग नगर्ने । यतिबेला क्रिमी साबुन प्रयोग गर्ने । छालामा ओइल बेस स्कव लगाउने । यो समय हामीले ओठ र हात पनि विशेष स्याहार गर्नुपर्छ किनभने हामीले यसको बेवास्ता गर्छौं । यो बेला ओठमा लिप बाम लगाउने गर्नुपर्छ । गर्मी महिनामा प्रयोग गर्ने लोसनहरुको सट्टामा क्रिम प्रयोग गर्नुपर्छ ।
चाडपर्वमा छालालाई जोगाउने उपाय
दसैँ–तिहारमा हामी पिङ खेल्ने, चङ्गा उडाउने, नातेदारसँग भेटघाटका लागि जाने गर्छौं । यतिबेला हामी धेरैजसो बाहिर नै हिँडिरहने हुनाले छालाको स्याहार कम हुन सक्छ । त्यसैले हामीले छालालाई जोगाउन यी विविध उपाय अपनाउन सकिन्छ ः
घरबाहिर निस्कनुअघि सन ब्लक क्रिम लगाउने । सन ब्लक लगाउँदा अलि बढी मात्रामा लगाउनुपर्छ ।
दसैँ–तिहारमा टीका लगाउने चलन छ । कसैकसैलाई रातो रङदेखि एलर्जी हुन्छ । यस्तो समस्या छ भने टीका थोरै मात्र लगाउने । यतिबेला धेरैले टीका निकालेर निधारमा घोटेर त्यसको दाग मेटाउने गर्छौं तर यो गलत तरिका हो । यसबेला हामीले टीकालाई पहिला निकाल्ने त्यसपछि मेकअप रिमुभरले निधार पुछ्ने र अत्यमा फेसवास प्रयोग गर्नुपर्छ ।

प्रकाशित: ३ आश्विन २०७४ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App