सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक

मङ्गलबार, ०३ असोज २०७४, १० : १३ अर्जुन तामाङ

काठमाडौं – सामसङले आफ्नो पछिल्लो उत्पादन उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो। 

कम्पनीले सोमबार आफ्नै भवनमा एक कार्यक्रम आयोजना गरी उक्त फोन सार्वजनिक गरेको हो । कम्पनीका डेपुटी जेनरल म्यानेजर प्रनयरत्न स्थापितले नेपालमा सामसङको ग्यालेक्सी नोट ८ ले सजिलै बजार लिने बताए । स्मार्टफोन बजारमा सामसङको यस उपस्थितिले ग्राहकलाई दसैंको अवसरमा नयाँ उपहार हुने स्थापितको भनाइ छ। 

‘यो अहिलेसम्मकै ठूलो डिस्प्लेयुक्त फ्ल्यागसिप स्मार्टफोन हो । फोनमा डुअल रियर क्यामरा छ । साथै एस पेन स्टाइल नयाँ प्रणाली भएका कारण जुनसुकै क्षेत्रका ग्राहकको रोजाइमा पर्छ,’ उनले भने, ‘फोनमा ६.३ इन्चको क्वाड एचडी इन्फिनिटी डिस्प्ले जडान गरिएको छ । किनारामा बेजल्स राखिएको छ भने फोनको स्क्रिन सुपर एमोलेड छ,’ उनका अनुसार यसको पिक्चर रिजोलुसन १४४० इन्टु २९६० पिक्सल हुन्छ।

यसका ग्राहकलाई एनसेलको १६ जिबी डाटा निःशुल्क उपलब्ध छ भने शिखर इन्स्योरेन्सबाट आठ महिनासम्मका लागि ब्रेकेज इन्स्योरेन्स स्मार्ट एकाडेमी र भिआइपी सर्भिस एक्सेस सेवा कम्पनीले प्रदान गर्ने स्थापितको भनाइ छ।  

सामसङ ग्यालेक्सी नोट ८ को विशेषता 
हेर्दा निकै आकर्षक देखिन्छ। नोट ८ भएका कारण पनि नयाँ विशेषता स्वाभाविक रुपमा हुन्छ । यस फोनमा डुअल क्यामेरा लेन्सको प्रयोग भएको छ । दुवै रियर क्यामेरा अप्टिकल इमेल स्टेबलाइजर सहितको १२ मेगापिक्सलको छ । 
यसमा भएको यस्तो सुविधाबाट भिडियो हेर्दै गरेको अवस्थामा साथीलाई म्यासेज वा फोन गर्न सहजै सकिन्छ । यसमा भएको यस पेनले सहजै रुपमा लेख्न सकिन्छ । साथै फोनका सम्पूर्ण नयाँनयाँ फिचरहरु सञ्चालन गर्न सकिन्छ । साथीसँग कुराकानी गर्दा अन्य एपहरु सञ्चालन गर्दा यस पेनले भिन्नै किसिमको अनुभव प्रदान गर्दछ।

सेल्फीका लागि फ्रन्ट क्यामेरा ८ मेगापिक्सलको छ । अक्टाकोर स्न्यापड्रागन ८३५ र एक्सोनेट ८८९५ प्रोसेसर प्रयोग गरिएको छ । अमेरिका र भारतबाहेकका देशमा एक्सोनेट ८८९५ चिपमा मात्र उपलब्ध हुनेछ । कम्पनीले यसमा ¥याम क्षमतामा पनि वृद्धि गर्दै ६ जिबी र्‍याम राखेको छ। 

कार्यक्रममा सामसङकी ब्रान्डदूत ज्योत्सना योगीले ग्यालेक्सी नोट ८ को फिचरबारे बिफ्रिङ गरेकी थिइन् । उनले सामसङ ग्यालेक्सी नोट ८ कसरी प्रयोग गर्ने र यसका विशेषताको विषयमा डेमो सेसनसमेत गरेकी थिइन्।  
अमेरिकी बजारमा सामसङ ग्यालेक्सी नोट ८ को मूल्य नौ सय ३० डलर रहेको छ । नेपालमा भने यसको मूल्य एक लाख दुई हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । ग्राहकले अग्रिम बुकिङमा सामसङ कन्भर्टिबल ८ हजार रूपैयाँ बराबरको वायरलेस चार्जर उपहार पाउने कम्पनीले जनाएको छ। 

 








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad