४ वैशाख २०८१ मंगलबार
राजनीति

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु

सिमरा- जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो। निर्वाचन कार्यालयका अधिकृत भिमप्रसाद भुर्तेलका अनुसार वडा १ बाट मतगणना भइरहेको छ। मतगणनाका क्रममा हुनसक्ने असवधानीका लागि प्रहरी परिचालन गर्नुका साथै मतगणना स्थानमा तारजालीको प्रयो गरिएको छ। मतगणनास्थलमा सीसी क्यामेराको प्रयोगसमेत गरिएको छ। 

सोमबार राति बसेको सर्वदलीय बैठकले बदर सदर भोटबारे सहमति जनाएपछि आज बिहानबाट मतगणना सुरु भएको हो। यसअघि जितपुरस्थित उपमहानगरपालिकाको कार्यालयमा मतगणना हुने भनेपनि त्यहाँको ठाउँ साँघुरो हुने र सम्भावित घटनाको मध्यनजर गर्दै सिमरामा सारिएको बताइएको छ। यो उपमहानगरमा २४ वटा वडा छन्। 

प्रकाशित: ३ आश्विन २०७४ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App