८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री देउवा आज न्यूयोर्क जाने

फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी हुन आज मंगलबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् । १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार महासभाको साइड लाइनमा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति महम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बासी र इस्टोनियाका राष्ट्रपति कृस्टी कालजुलियडसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको ‘वल्र्ड लिडर्स फोरम’लाई पनि सम्बोधन गर्ने परराष्ट्रले मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्नेछन् । सोही दिन उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्ससँग द्विपक्षीय वार्ता गर्नेछन्।

प्रधानमन्त्री देउवाको असोज ८ गते साँझ न्युयोर्कबाट ओमानको राजधानी मस्कट पुग्ने र त्यहाँ तीन रात बिताउनेछन् । त्यहाँ उनले खाडी राष्ट्रमा रहेका नेपाली राजदूतहरूसँग नेपाली कामदार र उनीहरूका समस्याका विषयमा छलफल गर्नेछन् । प्रधानमन्त्री देउवा असोज १२ गते ओमानबाट स्वदेश फर्कने कार्यक्रम छ। 

प्रकाशित: ३ आश्विन २०७४ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App