८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकामा अन्तर्राष्ट्रिय स्तरको डालास प्रमियर लिग खेल्दै नेपाली क्रिकेट टोली

अमेरिका— गत बर्ष टेक्सासको ह्युष्टनमा भएको अन्तर्राष्ट्रिय स्तरको टुएक्स क्रिकेट यूएसए कप खेलमा (६० हजार २ सय ५० डलर) जितपछि हौसिएको नेपाली क्रिकेट टोली अमेरिकामा फेरि अर्कोे खेल खेल्ने तयारीमा जुटेको छ। गत वर्ष नोभेम्बर १३ तारिक अमेरिकामा नेपाली क्रिकेट टोलीको जितले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको निकै संभावना रहेको संकेत गर्दछ।

नेपाली क्रिकेट इतिहास छोटो भए पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित भैसकेको छ। हुन पनि सायद नेपाली क्रिकेट टोलीका लागि त्यो ६१ लाख नेपाली रुपियाको पुरस्कार अन्तर्राष्ट्रिय रुपमा नेपाली क्रिकेटलाई चिनाउने मापक बन्न पुग्यो। त्यही हौसलालाई कायम गर्दै अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरु जुटेर आफ्नै स्वस्फुर्त प्रयासमा फेरी यहि सेप्टेम्बर २० तारिकदेखि टेक्सासको डालास प्रिमियर लिगमा भाग लिने तयारीमा जुटेको छन्।

डिपीएलमा विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेल खेलेका आठ वटा टीम सहभागी हुने र त्यसमध्येमा नेपाली राईनोज् शसक्त टीम भएको अध्यक्ष पन्तले दाबी गरे।

रोजगारीका विभिन्न अवसरहरुमा बाँधिएका भए पनि नेपालमा राष्ट्रिय टीमबाट खेल खेलेका खेलाडीहरु अमेरिकामा जुटेर नेपाली राईनोज क्रिकेट क्लब सन् २०१६ मा दर्ता गरेर विभिन्न खेलहरुमा सहभागी हुँदै आएका छन्। खेलाडीको स्तर र उनीहरुको मिहेनत हेर्दा सजिलै अन्तर्राष्ट्रिय स्तरको खेल जित्न सक्ने भएकाले नेपाली क्रिकेटको स्तरोन्तति र खेलाडीको क्षमतालाई मध्यनजर गर्दै क्रिकेट टीम नेपाली राइनोस् क्रिकेट क्लब स्थापना गरेको क्लवका अध्यक्ष थलराज पन्तले बताए। डिपीएलमा विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेल खेलेका आठ वटा टीम सहभागी हुने र त्यसमध्येमा नेपाली राईनोज् शसक्त टीम भएको अध्यक्ष पन्तले दाबी गरे।

स्वस्फुर्त जुटेर अहिले संस्थागत रुप हासिल गरेको नेपाली राईनोजले नेपालमा महिला क्रिकेट टीलाई ७५ हजार रुपिया र हिमालय क्रिकेटमा दुई जनालाई शुल्क तिरेर प्रशिक्षण गराउँदै आएको नेपाली राईनोज्का अर्का खेलाडी सागर पन्तले बताए। नेपालमा खेलाडीका लागि त्यति धेरै अवसर भएर पनि राज्यको पूर्ण ध्यान पुग्न नसकेकोले संभावना भएका खेलाडीहरुका लागी नेपाली राईनोज्ले कल्याणकारी कामहरु पनि गर्न थालेको खेलाडी सागर पन्तले बताए। 

डिपीएल खेल्ने यसपटकको नेपाली टिमलाई भारतीय क्रिकेट हस्ती हैदरावादका उन्नी कृष्णनन्ले कोचको भूमिका निर्वाह गर्दैछन्। नेपाली राईनोजका टिम मेनेजर आसिक लामाका अनुसार यसपालीको डालास प्रिमियर लिगमा खेल्न बरदान चालिसेको क्याप्टेनसिपमा सागर पन्त, राकेश कर्ण, किरण श्रेष्ठ, दिलिप थापा, प्रयास पण्डित, जनम वाउकानी लगायत टोली यतिखेर नियमित प्रशिक्षणमा जुटेका छन्। आआफ्नो व्यावसायिक कामका बाबजुद पनि हप्तामा दुई दिन नेपाली राईनोज्का क्रिकेट टोलीले घण्टाको ५० डलर मैदान भाडा तिरेर प्रतियोगिता नभएका बेला पनि नियमित प्रशिक्षणमा सहभागी हुन्छन्।

गत वर्ष भएको टुएक्स प्रतियोगितामा नेपालबाट क्रिकेट खेलाडीहरु क्याप्टेन पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेश्वाकर, वसन्त रेग्मी, सुवास खकुरेल, सोमपाल कामी, पृथु बास्काटा र सिद्धान्त लोहोनी अमेरिका आई सहभागी भएका थिए। जसको फलस्वरुप विश्वस्तरको उपाधी हात पारेका थिए । त्यस यताका दिनमा टेक्सासमा नेपाली क्रिकेट टिमको निकै सम्मान बढेको छ। त्यसको लगत्तै टेक्सास क्रिकेट एसोसिएसनले नेपाली राईनोज्लाई मान्यता दिएको थियो।

हामीले आफ्नो सीप र क्षमतालाई मर्न नदिएर नेपाल र नेपालीको नाम राख्न पनि अमेरिकामा विश्वस्तरका खेलहरु खेली रहेको टीम क्याप्टेन बरदान चालिसेले बताए। त्यसैले त अमेरिकाको टेक्सास क्रिकेट एसोसियसनले नेपाली खेलाडीहरुलाई अमेरिकामा खेल खेल्न सम्बन्धता दिलाएको छ। फलस्वरुप राष्ट्रिय स्तरको खेलमा भाग लिने जमर्को गर्दछन । दुई हप्ता अघि मात्रै वासिंटनको सियाटलमा हुन गैरहेको एक राष्ट्रिय स्तरको खेलका भाग लिने तयारी गरिरहेका थिए नेपाली टोली तर अन्तिममा आएर खेल स्थगित भयो । नेपाली राईनोज्को टिमले मात्रै बर्षमा ४० देखी ५० वटा विभिन्न स्तरका खेलहरु खेलिरहेका टीम क्याप्टेन चालिसेले बताए । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App