काठमाडौं- प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ।
२ नम्बर प्रदेशका ८ जिल्लामा भएको निर्वाचनमा ७३ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।
सोमबार साँझ निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै छिटफुट घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले उत्साहजनकरुपमा मतदाता निर्वाचनमा सहभागि भएको बताए।
हालै गएको भीषण बाढी, डुबान र कटानको दुःखलाई सहेर भए पनि मतदाताले देखाएको व्यापक सहभागिताले लोकतन्त्रलाई सुदृढ गर्न तथा जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुगेको यादवले बताए। पटक पटक सरेर पनि राजनीतिक सहमति र समझदारीका साथ प्रदेश दुईको स्थानीय तह निर्वाचन जुन शान्तिपूर्ण र सौहाद्र्धपूर्ण तरिकाले सम्पन्न भएकोमा खुशी व्यक्त गरे। यो निर्वाचनले समृद्ध भविष्यको सन्देशसमेत दिए उनले बताए।
२ नम्बर प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह रहेका छन्। निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत