coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गिरीलाई मनराम एसकाज पत्रकारीता पुरस्कार

संखुवासभा–नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीलाई मनराम एसकाज पत्रकारीता पुरस्कारले सोमबार सम्मान गरिएको छ। निरन्तर रुपमा पत्रकारीता क्षेत्रमा रहि जिल्लाको विकास निर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गदै गिरीलाई पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २५ हजार रहेको छ ।

गिरी संखुवासभाबाट २०५७ सालबाट निरन्तर रुपमा जिल्ला र राष्ट्रिय स्तरका सञ्चार माध्यममा कार्यरत छन् ।

संखुवासभा घरभई काठमाडौंमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था संखुवासभा काठमाडौं जनालिष्ट एशोसियसन (एसकाज) ले मनराम–एसकाज पत्रकारीता पुरस्कार गत बर्षबाट स्थापना गरेका हो । मनरामका संस्थापक मनमाया श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, एसकाजका अध्यक्ष हेमन्त गौतम लगायतले गिरीलाई पुरस्कार बितरण गरे ।

गिरीले पत्रकारीता क्षेत्रमा सहयोग र पत्रकारको उत्साह जगाउन वार्षिक रुपमा दिने पुरस्कारले जिल्लाका सञ्चारकर्मीमा उत्साह र हौसला जगाएको बताए ।

प्रकाशित: २ आश्विन २०७४ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App