४ वैशाख २०८१ मंगलबार
राजनीति

सप्तरी, तिलाठीमा निर्वाचन अवरुद्ध

राजविराज— निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको पुष्टि भएपछि उत्पन्न भएको विवादका कारण सप्तरीको तिलाठी कोइलारी गाउँपालिका वडा नं. १ को राष्ट्रिय प्राथमिक विद्यालय तिलाठी मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरेका चार वटा मतपत्रको भविष्य के हुने भन्ने विषय निरुपण हुन नसक्दा २:३० बजेदेखि मतदान अवरुद्ध भएको हो।

'म दश वटा मतपत्रमा हस्ताक्षर गरेर अर्को काममा लागेँ। उहाँहरुले हस्ताक्षरै नभएको मतपत्र दिइदिनु भएछ', निर्वाचन अधिकृत मण्डलले नागरिकन्युजसँग भने, 'यसमा मतदाताको कुनै गल्ती भएको छैन। सर्वदलीय बैठकबाट निर्णय गर्ने प्रयास भइरहेको छ।'

मतदान अधिकृत रमेशकुमार मण्डल मण्डलका अनुसार उनले १० वटा मतपत्र भएको एउटा बन्डलमा हस्ताक्षर गरेका थिए। ती मतपत्र सकिएपछि सहायक निर्वाचन अधिकृतले हस्ताक्षर नभएका चार मतपत्र मतदातालाई दिएका थिए। पाँचौं मतपत्र खसाल्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको खुलेको थियो।

'म दश वटा मतपत्रमा हस्ताक्षर गरेर अर्को काममा लागेँ। उहाँहरुले हस्ताक्षरै नभएको मतपत्र दिइदिनु भएछ', निर्वाचन अधिकृत मण्डलले नागरिकन्युजसँग भने, 'यसमा मतदाताको कुनै गल्ती भएको छैन। सर्वदलीय बैठकबाट निर्णय गर्ने प्रयास भइरहेको छ।'

ती चार वटा मतपत्रलाई सदर गर्नुपर्छ भन्ने पक्षमा एकथरि दलहरु छन्। अर्काथरि निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र सदर गर्दा जे पनि हुनसक्ने भनिरहेका छन्। दुवै पक्षले अडान नछोड्दा विवाद लम्बिरहेको हो।

प्रकाशित: २ आश्विन २०७४ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App