coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्लाहीमा ६० प्रतिशत मत खस्यो, मतदान जारी

सर्लाही- स्थानीय तहको निर्वाचनमा सोमबार सर्लाहीमा उत्साहपूर्ण रुपमा मतदान भएको छ। कतिपय मतदान केन्द्रमा त मतदाता जमेको पानीमै घण्टौं लाईनमा बसेर मतदान गरिरहेका छन्। आईतबार राती हुरीबतास सहित ठूलो पानी परेकाले कतिपय मतदान केन्द्रमा मतदाता उभिने ठाउँमा पानी जमेको छ।

राती परेको पानीले कतिपय मतदान स्थलमा पानी जमेर कठिनाई देखिएपनि मतदाता उत्साहपूर्ण रुपमा सहभागि बनेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए । यो समाचार तयार पार्दासम्म सर्लाहीमा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । प्रजिअ कँडेलका अनुसार ८० प्रतिशत मतदान हुने अनुमान गरिएको छ । सर्लाहीमा ३ लाख ६६ हजार ६०५ मतदाता रहेका छन्।

‘प्रोक्सी’ मत खसाल्न प्रयास गर्ने पक्राउ

सर्लाहीका विभिन्न मतदान केन्द्रमा ‘प्रोक्सी’ मत खसाल्न खोजिरहेको अवस्थामा एक दर्जन बढी मतदाता पक्राउ परेका छन्। अर्काको नाममा मतदान गर्न खोज्ने एक दर्जन बढी सर्वसाधारणलाई पक्राउ गरिएको प्रजिअ कँडेलले जानकारी दिए।

शान्तिपूर्ण मतदान

सर्लाहीमा छिटफुट बाहेक शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । कौडेना गाउँपालिका–४ मोतिपुर स्थित सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा दिउँसो दुईपक्षबीच झडप हुँदा आधा दर्जन सामान्य घाईते भएका छन् । दुईपक्षबीच ढुंगा हानाहान भएको बताईएको छ । लगतै सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिई पुनः मतदान कार्य सञ्चालन भईरहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए।

दर्जनौ सवारी साधन नियन्त्रण

अनुमति नलिई चलेका दर्जनौ सवारी साधन नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमति नलिई चलेका जीप र ३ दर्जन मोटरसाईकल नियन्त्रण लिईएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी।

 

प्रकाशित: २ आश्विन २०७४ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App