coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङले उदयपुरमा एकको मृत्यु

उदयपुर- उदयपुरमा गएराति चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ। अघिल्लो मध्यराति वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिकाको पहाडी वडा १५ नम्बर साउनेको सालथुम्काकी ६५ वर्षीया छलिमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

राति घरमै सुतिरहेका मगरको चट्याङ लागेर ओछ्यानमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मगरको शव पोष्टमार्टका लागि सोमबार जिल्ला अस्पताल गाईघाट ल्याइएको छ । साउने, खाँवु र आँपटार आसपासमा वर्षेनी चट्याङ लागेर जनधनको क्षति हुँदै आएको छ । गएको वर्ष पनि चट्याङले त्यहाँ एक जनाको मृत्यु भएको थियो । दुईवर्षअघि एकै चोटी ४ जनाको मृत्यु भएको थियो।

स्थानीयहरुले पछिल्लो एकदशकयता गाउँमा अत्याधिक चट्याङ परेर मान्छे र जनावर मार्ने गरेको गुनासो गरेका छन्। मोवाईलका टावर राखेपछि गाउँमा बढी चट्याङ पर्न थालेको भन्दै स्थानीयले टावर हटाउन माग गरेका छन् । साउने र खाँबुमा गरी लगभग ५ किलोमिटरको दूरीमा एनसेलका २ वटा टावर राखिएको छ । टावरकै कारण चट्याङ बाक्लोगरी पर्न थालेको उनीहरुको गुनासो छ।

प्रकाशित: २ आश्विन २०७४ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App