७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

लाहोरमा भ्रष्टाचारको आरोप लागेका नवाज पत्नी विजयी

इस्लामावाद – पाकिस्तानको लाहोर प्रान्तमा भएको निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसम नवाज विजयी भएकी छिन्। 

पूर्व प्रधामन्त्री नवाज शरीफलाई सार्वजनिक पदका लागि अयोग्य ठहर गरिएपछि भएको निर्वाचनमा उनकी पत्नी ६१ हजार २ सय ५४ मतका साथ विजयी भएकी हुन् । 

उनी उनका निकटतम प्रतिद्वन्द्वी भन्दा  १४  हजार  १ सय ८८ बढी मतले विजय भएकी हुन् । भ्रष्टाचार सम्बन्धी अभियोग लागेका पूर्व प्रधानमन्त्री शरीफलाई सार्वजनिक पद धारण गर्नका लागि अयोग्य भन्दै अदालतले फैसला गरेपछि उनले राजीनामा दिएका थिए। 

उनले राजीनामा दिए पश्चात् तत्कालै उनको क्षेत्रमा उपनिर्वाचन भएको थियो । उक्त निर्वाचनमा उनकी पत्नी निर्वाचित भएकी हुन् । उपनिर्वाचनमा प्राप्त मतदानमा आधारमा उनलाई राजनीति षड्यन्त्रको शिकार बनाइएको उनका समर्थकहरूको दाबी छ । 

 

 

प्रकाशित: २ आश्विन २०७४ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App