६ वैशाख २०८१ बिहीबार
राजनीति

रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर

निर्वाचन सुरक्षाका लागि गस्ती गर्दै नेपाली सेना। तस्विरः मदन ठाकुर

रौतहट—रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।

उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले नागरिकन्युजलाई बताए।

माओवादीका बुथ प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। एक जना मतदाताले कसरी मत हाल्ने भनेर प्रश्न गरेपछि माओवादीका बुथ प्रतिनिधिले सिकाएका थिए। छेउमै रहेका राजपा र संघीय समाजवादी फोरमका बुथ प्रतिनिधिले माओवादीमा भोट हाल्न सिकाएको भन्दै विवाद झिकेर अाक्रमण गरेका थिए।

विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले सबै प्रतिनिधिलाई बाहिर जान आदेश दिए। तर उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले नागरिकन्युजलाई बताए।

राजपा-फोरम कार्यकर्ताले माओवादीका  माओवादीका उम्मेदवार कामेश्वर साह, रामदेव साह कानु र शंकर रायलाई आक्रमण गरेका थिए। सो विषयको तनाबले करिब अाधा घन्टा निर्वाचन रोकिन पुगेको थियो।।

प्रहरीको हवाइ फायरपछि भिड तितरबितर भएपछि फेरि दलका प्रतिनिधिलाई छलफलमा बोलाएर मतदान सुचारु गरिएको पोखरेलले जानारी दिए।

प्रकाशित: २ आश्विन २०७४ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App