६ वैशाख २०८१ बिहीबार
समाज

गाउँपालिकामा पाँच सय जनसंख्या

काठमाडौं – देशभरका ७ सय सय ५३ स्थानीय तहमध्ये मनाङको नारफू गाउँपालिकामा  सबैभन्दा कम जनसंख्या र काठमाडौंको काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी जनसंख्या  छ।   

स्थानीय विकास मन्त्रालयका अनुसार नारफूको जनसंख्या ५ सय ३८  छ  भने काठमाडौं महानगरपालिकामा यो संख्या ९ लाख ७५ हजार ४ सय ५३ छ।

४ सय ७३ गाउँपालिकामध्ये ४७ वटामा  १० हजारभन्दा कम जनसंख्या छ । यसैगरी २० हजारसम्म जनसंख्या रहेका गाउँपालिकाको संख्या २ सय २७ रहेको मन्त्रालयले जनाएको छ। 

स्थानीय विकास मन्त्रालयका अनुसार सबैभन्दा कम जनसंख्या (५ सय ३८)  मनाङको नारफू गाउँपालिकामा  छ  भने सबैभन्दा बढी जनसंख्या (९ लाख ७५ हजार ४ सय ५३) काठमाडौं महानगरपालिकामा छ ।

मन्त्रालयको पछिल्लो अभिलेखअनुसार  ५० हजारभन्दा बढी जनसंख्या भएका गाँउपालिका ४ वटा छन् ।  कम जनसंख्या भएका धेरै गाउँपालिका मनाङ, मुस्ताङ र डोल्पामा छन् । नारफूपछि दोस्रो कम जनसंख्या भएको गाउँपालिका पनि मनाङमै छ । मनाङको चामे गाउँपालिकाको जनसंख्या १ हजार १ सय १९ छ । मुस्ताङको दालमे गाउँपालिकाको जनसंख्या चामे गाउँपालिकाकै हाराहारीमा छ । दालमे गाउँपालिकाको जनसंख्या १ हजार ३ सय २३ मात्र छ । यसैगरी डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको जनसंख्या १ हजार ४ सय ५२ छ । मुस्ताङको लोमथाङ गाउँपालिकामा १ हजार ८ सय ९९, मनाङको नासोथाङ गाउँपालिकामा १ हजार ९ सय ३८, डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा २ हजार १ सय २६, बझाङको काँडा गाउँपालिकामा २ हजार १ सय ८२, मनाङको नेस्याङ गाउँपालिकामा २ हजार २ सय २२ र डोल्पाको जगदुल्ला गाउँपालिकामा २ हजार २ सय ७३ जनसंख्या रहेको मन्त्रालले जनाएको छ।

यसैगरी ५० हजाराभन्दा बढी जनसंख्या भएका गाउँपालिकामा खजुरा, बैजनाथ र राप्ती सोनारी छन् । सबैभन्दा बढी जनसख्या बाँकेको राप्ती सोनारी गाउँपालिकामा छ । राप्ती सोनारी गाउँपालिकाको जनसंख्या ५९ हजार ९ सय ४६ रहेको स्थानीय विकास मन्त्रालयका सामाजिक परिचालन शाखाका अधिकृत यमकान्त पाण्डेले जानकारी दिए । झापाको गौरादह गाउँपालिकाको जनसंख्या पनि ५० हजारभन्दा माथि छ । गौरादहको जनसंख्या ५३ हजार ३३ छ । यसैगरी खजुरा गाउँपालिकामा ५० हजार ९ सय ६१ र बैजनाथ गाउँपालिकामा ५४ हजार ४ सय १८ जनसंख्या छ ।
मन्त्रालयका अनुसार २० हजारदेखि ४० हजारसम्म जनसंख्या भएका गाउँपालिका २ सय २४ वटा छन् । ४० हजारभन्दा माथि जनसंख्या भएका गाउँपालिकाको संख्या २२ छ। 

मन्त्रालयका अनुसार महानगरपालिका, उपमहानगरपालिकासहित २ सय ८० वटा नगरपालिकामध्ये  १० हजारभन्दा कम जनसंख्या भएको नगरपालिका डोल्पाको ठूलीभेरी हो ।  ठूलीभेरीको जनसंख्या ८ हजार ३ सय ७० छ।  

काठमाडौंपछि सबैभन्दा बढी जनसंख्या भएको महानगरपालिका पोखरा लेखनाथ हो ।  पोखरा लेखनाथ महानगरपालिकामा ४ लाख १४ हजार १ सय ४१ जनसख्या छ । ललितपुर महानगरपालिकामा २ लाख ८४ हजार ९ सय २२, भरतपुर महानगरपालिकामा २ लाख ८० हजार ५ सय २, वीरगञ्ज महानगरपालिकामा २ लाख ४० हजार ९ सय २२ र विराटनगर महानगरपालिकामा २ लाख १४ हजार ६ सय ६३ जनसंख्या छ। 

उपमहानगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या जनकपुरमा छ । जनकपुर उपमहानगरपालिकामा १ लाख ५९ हजार ४ सय ६८ जनसंख्या छ । उपमहानगरपालिकाहरूमा सबैभन्दा कम जनसंख्या जितपुर सिमरामा छ । जितपुर सिमरा उपमहानगरपालिकामा १ लाख १७ हजार ४ सय ९६ जनसंख्या छ। 

यसैगरी सबैभन्दा बढी जनसंख्या भएको नगरपालिकामा मेची परेको छ । मेची नगरपालिकामा १ लाख ११ हजार ७ सय ९७ जनसंख्या छ। 

कालीकोटको रासकोट नगरपालिकाको १६ हजार २ सय ७२, बाजुराको बडीमालिका नगरपालिकाको १६ हजार ८ सय १८, तेहथुमको लालीगुँरास नगरपालिकाको १६ हजार ९ सय ७०, संखुवासभाको पाँचखन नगरपालिकाको १७ हजार ५ सय २१ र संखुवासभाकै धर्मदेवी नगरपालिकाको जनसंख्या १८ हजार २ सय ३५ छ।

मन्त्रालयका अनुसार ५० हजारसम्म जनसख्या भएका नगरपालिकाको संख्या १ सय ७० छ । यसैगरी ५० हजारदेखि १ लाखसम्म जनसंख्या भएका नगरपालिकाको संख्या ८७ छ । १ लाखसम्म जनसंख्या भएका नगरपालिका १७ वटा छन्। 

 

प्रकाशित: २ आश्विन २०७४ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App