१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदान केन्द्र तयार, मतदाता प्रतिक्षामा

वीरगन्ज- अन्ततः सोमाबार हुने स्थानीय तहको दोस्रो चरण अन्तरगतको निर्वाचनको लागि कर्मचारी, मतदान केन्द्र, मतदाता, दल र उम्मेदवार सबै तयार छन्। निर्वाचनमा खटेका कर्मचारीहरुलाई आइतवार दिनभरी मतदानकेन्द्र बनाउने लगायत तयारीमा भ्याईनभ्याई रह्यो।

दल र उम्मेदवारहरुलाई अन्तिम दिनको सदुपयोग गर्ने चटारो रह्यो भने मतदातालाई यो दिन आइतवारको दिन बित्ने प्रतिक्षा। ‘मत खसाल्ने मतदान केन्द्रहरु बनिसके, कर्मचारीहरु खटिनु भएको छ, दुई ३ जना कर्मचारी बिरामी पर्नु भएकोले उहाँहरुको ठाउँमा कर्मचारी ब्यवस्थापन गर्न अलि समस्या भएको बाहेक कुनै समस्या छैन्, एक दमै शान्तिपुर्ण किसिमले मतदानको तयारी गरिएको छ,’ वीरगन्जस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता योगेन्द्रप्रसाद आचार्यले भने, ‘वीरगन्जमा एक सय २९ वटा मतदानकेन्द्र छ, सबै लगभग तयार भइसकेको हामीलाई जानकारी प्राप्त भएको छ।’

पर्सामा एक सय ६७ वटा मतदानस्थल छन् । एक हजार ६५ भन्दा बढी मतदाता भएका मतदान स्थलमा ‘क’, ‘ख’ र ‘ग’ गरी मतकेन्द्रहरु स्थापना गर्ने गरिएको छ । पर्सामा ३ सय ४३ मतदान केन्द्रमार्फत २ लाख ५१ हजार ८ सय ४६ वटा मतदाताबीच यहाँका १४ वटा स्थानीय तहको नेतृत्व चयन गर्ने निर्वाचन सोमवार हुनेछ।

यहा वीरगन्ज महानगरपालिका, पोखरिया, पर्सागढी तथा बहदुरामाई गरी ३ नगरपालिका र १० वटा गाउँपालिका छन् । सबै ठाउँमा रहेका मतदानस्थलका मतदान केन्द्रहरु  बनिसकेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश नम्बर २ मा सबैको नजरमा रहेको एकमात्र महानगरपालिका वीरगन्जमा मेयर, उपमेयर र ३२ वटा वडाका अध्यक्ष सहित जम्मा एक सय ६२ जना प्रतिनिधी छान्न एक हजार १ सय २९ वटा मनोनयनपत्र दर्ता भएको छ । यसमध्ये ३५ जना मेयर उम्मेदवार र १२ जना उपमेयर उम्मेदवार छन् । कतिपय उम्मेदवारले इजाजतप्राप्त सवारी र प्रतिनिधी संख्या बढाउन नाममात्रको डमी उम्मेदवार पनि उठाइदिएकोले मेयरमा उम्मेदवारी संख्या यति बढी देखिएको राजनीतिक दलका मान्छेहरु नै बताउँछन्।

जिल्ला निर्वाचन केन्द्रीत सुरक्षा प्रबन्ध पनि दुरुस्त भएको आचार्यले बताए। ‘सूरक्षा संयन्त्रसँग हाम्रो समन्यव राम्ररी भएको छ, दलहरुबाट पनि राम्रो सहयोग भएको छ,’ आचार्यले भने, ‘निर्वाचन आयोगले राजनीतिक दलहरुलाई मतदान सम्बन्धी प्रशिक्षण नदिएकोलले मात्र उहाँहरु नबुझेर आउनु भयो र हामीलाई काम गर्न अलि असहज भएको थियो।’ अहिले कुनै पनि असहजता नरहेको उनले बताए।

पर्साका प्रहरी उपरीक्षक सुदिप गिरीले तीनकि सिमले बर्गिकरण गरी सूरक्षा प्रबन्ध मिलाइएको बताउदै १५ वटा समान्य, ७९ वटा संवेदनशील र ७३ वटा अतिसंवेदनशील मतदान स्थल पहिचान गरी त्यसै अनुसार त्यहाँ सूरक्षा बल, मोबाइल गस्ती लगायत परिचालन गरिएको जानकारी दिए । सिमावर्ती ठाउँ, जनघनत्व बढी भएको ठाउँ र बिगतमा सूरक्षा चुनौतिहरु भएका ठाउँ अति संवेदनशील र त्यस बाहेक भीडभाड तथा मानिसहरुको उपस्थिती बढी हुने ठाउँ संवेदनशील र यि दुईटैमा नपर्ने ठाउँ समान्यमा जिल्ला सूरक्षा समितिले राखेको छ । सशस्त्र प्रहरी र नेपाली सेनासंग समन्यव गरी काम गर्ने गरी नेपाल प्रहरीबाट दुई हजार ३ सय ७५ जना जनशक्ति परिचालन गरिएको उनले बताए । प्रहरी उपरीक्षक गिरीका अनुसार मतदानस्थलहरुमा संयुक्त सूरक्षा टोलीहरु तैनाथ भइसकेका छन् ।

प्रकाशित: १ आश्विन २०७४ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App