७ वैशाख २०८१ शुक्रबार
प्रवास

काँग्रेस नेता पाैडेललाई जापान अध्यागमनले किन फर्कायो?

टोकियो— जापानस्थित जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन आएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई जापान अध्यागमनले फिर्ता पठाइदिएको छ। टोकियोस्थित हानेदा अन्तरार्ष्ट्रिय विमानस्थलस्थित अध्यामगनले २० घन्टासम्म नियन्त्रणमा लिएर उनलाई फर्काइदिएको हो।

नेपाली जनसम्पर्क समिति जापानले आज आइतबारका दिन 'राष्ट्रिय एकता तथा आर्थिक समृद्धिमा प्रवासको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम राखेको थियो। केन्द्रीय सदस्य पौडेल तथा सांसद धनराज गुरुङ एवं स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपाने सोही कार्यक्रममा सहभागी हुन जापान आउँदै थिए। जनसम्पर्क समिति अध्यक्ष डिपी कँडेलकाअनुसार अध्यामनले जापान आउनुको औचित्य नदेखिएको भन्दै पौडेल र न्यौपानेलाई नेपाल फर्काइदिएको हो।

'स्पोन्सरकर्ता नेपाल गएका रहेछन्। त्यही आधारमा अध्यामगनले जापान भ्रमणको औचित्य पुष्टि नभएको भन्दै फर्काइदिएको हो', अध्यक्ष कँडेलले नागरिकन्युजसँग भने। नेता पौडेललाई स्पोन्सर गर्ने ऋदिन्द्र गिरी हुन्। जापानबाट रिमेटेन्स पठाउने कम्पनीका सञ्चालक उनी शुक्रबार नै जापानबाट काठमाडौं गएका थिए।

अध्यागमनले भ्रमणको औचित्य बुझ्न नेता पाैडेल र न्यौपानेलाई जापान भ्रमणमा बोलाउने स्पोन्सरकर्तासँग सम्पर्क प्रयास गरेको थियो। तर स्पोन्सरकर्ता नभेटिएपछि उनीहरुलाई नेपाल फर्काइएको हो।

'स्पोन्सरकर्ता नेपाल गएका रहेछन्। त्यही आधारमा अध्यामगनले जापान भ्रमणको औचित्य पुष्टि नभएको भन्दै फर्काइदिएको हो', नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेलले नागरिकन्युजसँग भने। नेता पौडेललाई स्पोन्सर गर्ने ऋदिन्द्र गिरी हुन्। जापानबाट रिमेटेन्स पठाउने कम्पनीका सञ्चालक उनी शुक्रबार नै जापानबाट काठमाडौं गएका थिए।

सांसद गुरुङसँग भने रातो पासपोर्ट रहेका कारण उनलाई अध्यागमनले छोडेको थियो। टोकियोस्थित नेपाली दूतावासले नेताहरुको जापान भ्रमणबारे अग्रिम जानकारी नभएको जनाएको छ। 'अध्यामगनले उहाँहरुलाई नियन्त्रणमा लिएपछि मात्र हामीले भ्रमणबारे जानकारी पायौं', नेपाली दूतावास स्रोतले नागरिकन्युजसँग भन्यो, 'उहाँ नेपालको नेता भएको भन्दै हामीले प्रवेशाज्ञाका लागि हामीले अनुरोध गरेका थियौं।'

नेपाली दूतावासको अनुरोध अस्वीकार गर्दै आइतबार बिहान १०:३० बजे नेता पौडेल र न्यौपानेलाई हङकङको उडानबाट नेपाल फर्काइएको थियो।

जापान अध्यामगनले पछिल्लो समय नेपालीहरुलाई कडा चेकजाँच गर्ने गर्छ। असम्बन्धित कागजात देखाएर जापान छिर्ने र गैरकानुनी रुपमा लुकेर बस्ने प्रचलन बढ्दै गएपछि अध्यागमनमा कडाइँ गरिएको हो। यसअघि नयाँ शक्ति नेपालका नेता कुमार पौडेललाई भ्रमणको औचित्य सावित हुन नसकेको भन्दै जापान अध्यागमनले फर्काइदिएको थियो।

केही अघि कलाकार र माओवादी केन्द्रका नेताहरु पनि अध्यागामनबाट फर्काइएका थिए।

सत्तारुढ काँग्रेसभित्रका थोरै लोकप्रिय नेतामध्ये पौडेल पर्छन्। पछिल्लो महाधिवेशनबाट निर्वाचित भएर केन्द्रीय सदस्य भएका उनलाई अध्यागमनले फर्काएको विषय नेपाली समुदायबीच चर्चाको विषय बनेको छ।

'पाैडेल फर्काइनु दु:खद'

स्पोन्सरकर्ता ऋदिन्द्र गिरीले नेता पाैडेललाई फर्काइएको घटना दुःखद भएको भन्दै क्षमायाचना गरेका छन्। जापान अध्यागमनले पाैडेललाई फिर्ता गरेको विषयमा अाइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'स्पोन्सरको हैसियदमा रहेको म विशेष कारणले नेपाल अाउनु पर्‍यो। मेरै अातिथ्यतामा जापान पुग्नु भएका प्रदीप पाैडेल र अनिल न्यौपानेलाई पर्न गएको असुविधाप्रति क्षमा माग्छु। जापानी अध्यागमनले भ्रमण भिषामा जापान अाउने व्यक्तिबारे कहिले कहीँ स्पोन्सरसँग सोधपुछ गर्ने क्रममा उहाँहरुलाई नै सोध्नु र म त्यहाँ नहुनु दु:खद हो।'

प्रकाशित: १ आश्विन २०७४ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App