८ वैशाख २०८१ शनिबार
कला

प्रकाशले कोरे पत्रकारका कार्टुन

प्रदर्शनमा राखिएका पत्रकारहरुको कार्टुन चित्रको फोटो  ।

चितवन – चितवनका चित्रकार प्रकास थापा केही नयाँ गरौं भन्ने सोच राख्ने कलाकार हुन् । अघिल्लो वर्ष उनले बालुवा प्रयोग गरेर चितवन–नवलपरासी आसपासका साहित्यकारहरूको कलाकृति प्रदर्शनी गरेका थिए । उनै चित्रकार प्रकास थापाले यो पटक पत्रकारहरूको चित्र प्रदर्शनीमा राखे । ती पनि समान्य खालका थिएनन्।

पत्रिकामा छापिने कार्टुन पाठकका लागि निकै रुचिकर मानिन्छन् । थापाले चितवनका पत्रकारहरूकै कार्टुन बनाएर शनिबार एक दिने प्रदर्शनी आयोजना गरे । चितवन साहित्य परीषद्ले आयोजना गरेको प्रदर्शनीमा ३५ जना पत्रकारका कार्टुनहरू राखिएका थिए । गणशेखर शर्मा चितवनका सबैभन्दा पाका पुराना पत्रकार हुन् । उनै शर्माले प्रदर्शनीको उद्घाटन गरे ।

‘प्रदर्शनीमा नयाँ पुराना पत्रकारहरूलाई समेट्ने जमर्को गरेको छु,’ चित्रकार थापाले भने । पुरानामध्येका पत्रकार रामबाबु सुवदीले पत्रकार र चित्रकार जस्ता पेशाकर्मीलाई भावनात्मक रूपमा नजिक ल्याउन यस्तो कामले मद्दत पुग्ने बताए । युवा पुस्ताका पत्रकार तुलमान गुरुङले सिर्जनशील समाजले पत्रकारलाई कसरी नियालेको रहेछ भन्ने बुझ्न कार्टुनले मद्दत पुग्ने बताए ।

 

 

प्रकाशित: १ आश्विन २०७४ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App