४ वैशाख २०८१ मंगलबार
राजनीति

थवाङ गाउँपालिका प्रमुख अपहरण मुक्त

अपहरण मुक्त भएका बिरबहादुर घर्ती । तस्बिर : नागरिक

रोल्पा – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अपहरणमा परेका थवाङ गाउँपालिका प्रमुख बिरबहादुर घर्ती अपहरण मुक्त भएका छन् । गत राति स्थानीय पत्रकारको रोहबरमा घर्तीलाई मुक्त गरिएको हो । रोल्पा नगरपालिका १० धवाङ भनभनेबाट शनिबार उनलाई आफूहरूको जिम्मा लगाइएको पत्रकार तथा मानव अधिकारकर्मी खेम बुढाले बताए।

राति ११ बजेतिर पत्रकारसहित अध्यक्ष घर्ती जिल्ला प्रहरी कार्यालय पुगेका थिए । ‘हामीले राति नै रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीको जिम्मा लगाएका छौँ । आज परिवार आएपछि उहाँहरूको जिम्मा लगाउछौ।’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए।

थवाङबाट अपहरण गरी जंगलको बाटो पहाडै पहाड दिनरात हिडाएर धवाङको भनभने ल्याएको गाउँपालिका प्रमुख बिरबहादुर घर्तीले बताए। ‘गाउँसभामा अध्यक्ष आउनबाट रोक्न अपहरण गरेका हुन । उनिहरूले मलाई पदबाट राजीनामा दिन भनेका थिए’ घर्तीले भने। 

‘थवाङमा स्थानीय जनसत्ता कृयासिल रहेकाले कुनै पनि काम उनीहरूको सल्लाह बिना नगर्न पनि भनेका छन ।’ अपहरण मुक्त भएका घर्तीले भने ‘प्रहरीले पक्राउ गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाडा सुवासको रिहाई हुनु पर्ने उनिहरूको माग छ।’

उता घर्तीको खोजीका लागि खटिएका सयौँको संख्यामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी फिर्ता हुँदै गरेको रोल्पा प्रहरी प्रमुख बिरेन्द्र थापाले बताएका छन्।

 

प्रकाशित: १ आश्विन २०७४ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App