coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मौन अवधि उल्लंघन गर्नेलाई कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

महोत्तरी- प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले मौन अवधिको उल्लंघन गर्नेलाई कारबाही गरिने बताएका छन्।

असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन तयारी सम्बन्धमा जानकारी लिन शनिबार साँझ महोत्तरीको सदरमुकाम जलेश्वर आई पुगेका प्रमुख निर्वाचन आयुक्त डा. यादवले संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै मौन अवधिको बर्खिलाप जानेलाई ठाडो कारबाही हुने चेतावनी दिए।  

‘निर्वाचन आयोगले शुक्रबार राति १२ बजे देखि मौन अवधि लागु गरेको छ’ प्रमुख निर्वाचन आयुक्त यादवले भने ‘मौन अवधिको बर्खिलाप गर्दै कुनै पनि उम्मेदवारले प्रचार प्रसार र मतदातालाई प्रलोभनमा पार्ने खाले काम गरेको पाइए त्यस्ता उम्मेदवारलाई कारबाही हुन्छ।’

साथै मतदाता नामावलीमा कति पय मतदाताको परिचय पत्रमा त्रुटि रहेको र मतदाता परिचय पत्र नपाएका मतदाताहरुले मतदाना नामावलीमा नाम भएको खण्डमा नागरिकता , कर्मचारी परिचय पत्र र चालक अनुमति पत्र  लिएर जाँदा पनि उनले भोट हाल्न पाउने व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले बताए।

पर्साबाट महोत्तरीको जलेश्वर सम्म आई पुग्दा निवार्चनको तयारीको अवस्था संतोषजनक पाएको यादवले बताए।

‘निर्वाच व्यवस्थापन दृष्टिकोणबाट ज्यादै नै संतोषजनक अवस्था छ। ’ यादवले भने ‘ मतदाताहरुले स्वच्छ , निश्पक्ष र धाँधलिरहित बातावरणमा मतदान गर्न पाउने सवै व्यवस्था मिलाईएको छ , मतदाताहरु ढुक्क भएर मतदान गर्न जाँदा हुन्छ। ’

 

   

प्रकाशित: ३१ भाद्र २०७४ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App