coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्रीद्वारा खोटाङ र उदयपुर जोड्ने पुल शिलान्यास

खोटाङ – प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुर जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन्। हेलीकोप्टरबाट धाप्लाङ ओर्लिएका प्रधानमन्त्री देउवाले शनिबार बिहान पुल शिलान्यास गरेका हुन् । पुल शिलान्यास लगत्तै देउवा फर्किएका छन् । 

धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदैआएको छ । धाप्लाङमा पक्की पुल बन्ने भएपछि स्थानी हर्षित भएका छन् । मोटरेवल पुल बनेपछि खोटाङको दक्षिणी क्षेत्रका २२ वडा तथा भोजपुरका केही वडाका स्थानीयलाई तराई जाने र आउने छोटो र सिधा बाटो खुल्ने छ । 

धाप्लाङघाट बाहेक दुधकोसीको जयराम, सुनकोसीको फोक्सिङटारमा मोटरेवल पुल निर्माणाधिन अवस्थामा छ । जयरामको पुल ढलानका लागि फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको छ भने फोक्सिङटारको पुलको जग खन्ने काम भइरहेको छ । यद्यपी, दुवै पुल निर्माणको गतिमा भने ढिलाइ भइरहेको छ । 

प्रकाशित: ३१ भाद्र २०७४ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App