coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

२९ देशका नेता राजधानीमा

काठमाडौं- युनिभर्सल पिस फाउन्डेसनको एसिया तथा प्रशान्त क्षेत्रका नेताको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार राजधानीमा सुरु भएको छ। २९ देशका नेता तथा सांसदको तीन दिन चल्ने सम्मेलनमा पछिल्लो समय देखापरेका चुनौती सम्बोधनमा सरकार, नागरिक समाज तथा आस्थामा आधारित संस्थाको भूमिकाबारे छलफल हुनेछ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, दक्षिण कोरिया, थाइल्यान्ड, ताइवान, लाओस, भियतनाम, जापान, अस्ट्रेलिया, फिजी, किरिबाटी, मार्सल आइल्यान्डसहित देशका नेता तथा सांसद गरी १ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता छ।

'सम्मेलनमा यो अभियानमा संलग्न रहेका देशबाट प्रतिनिधित्व रहेको छ,' कार्यक्रमका मिडिया संयोजक विष्णु गिरीले भने, 'दुई देशका मन्त्रीको पनि सहभागिता छ।' यसअघि सन् २००६ मा नेपालमा यो सम्मेलन भएको थियो।

अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरे। उनले नेपाल गम्भीर प्रकारको संक्रमणकाल पार गर्ने अन्तिम चरणमा रहेको बताए। गत वर्ष संविधान जारी भएपछि नेपालले स्थायित्व प्राप्त गर्ने अपेक्षा गरेको उनले जनाए।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, किरिबाटीका पूर्वराष्ट्रपति एनोट तोङ, मार्सल आइल्यान्डका पूर्वराष्ट्रपति केसाइ नोट, फिलिपिन्सका पूर्वसभामुख जोसे डे भेनेसिआ जुनियर, फाउन्डेसनका अध्यक्ष थोमस वेल्स, फाउन्डेसनका एसिया क्षेत्रका अध्यक्ष चुन सिक योङ, फाउन्डेसनको महिला शाखा प्रमुख प्राध्यापक येओन ह मुनले उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेका थिए।

प्रकाशित: १४ श्रावण २०७३ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App