८ वैशाख २०८१ शनिबार
राजनीति

महादेवको शरणमा उम्मेदवार

बालकृष्ण अधिकारी/महेश कुमार दास

जलेश्वर— एक दशकअघि मुलुक धर्मनिरपेक्ष राज्य भएपनि प्रमुख राजनीतिक दलहरु नै स्थानीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न धर्मकै साहारा लिइरहेका छन्। महोत्तरीको जलेश्वर नगरपालिकाका प्रत्यासीहरुले स्थानीय जलेश्वर महादेव मन्दिरलाई निर्वाचनको प्रमुख एजेन्डा बनाएर प्रचारमा जुटेका हुन्।

सात ग्रामीण बस्तीलाई गाभेर २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा भएपनि अहिलेसम्म सहर बन्न नसकेको जलेश्वरलाई धार्मीक पर्यटकीय क्षेत्र बनाउने भन्दै प्रमुख दलका उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन्। यो वा त्यो दल नभइ सबैले जेलेश्वर महादेव मन्दिरलाई पर्यटकीय स्थाल बनाउने प्रतिवद्धता जनाएका छन्। जानकी मन्दिर धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण जनकपुरको विकास अघि बढ्न सकेको विश्लेषणमा रहेका प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले विकास र संबृद्धिको आधार जलेश्वर महादेव हुने उनीहरुको बुझाइ छ। 

सडक, खानेपानी, ढल, स्वास्थ्य, शिक्षा जस्ताको मुद्दालाई दोस्रो प्राथमिकतामा राखेका उनीहरुले भोगेश्वर कुटीलाई बनभोजस्तल बनाउने र तयसलाई सजाएर सुन्दुर बनाउने घोषणा गरेका उम्मेदवारहरुले मणिपाल इन्जीनियरीङ कलेजलाईसञ्चालनमा ल्याउने पनि जनाएका छन्। कलेज सञ्चालनका लागि जग्गा खरिद भइसकेपनि विवादका कारण लामो समय देखि रोकिंदा यस क्षेत्रको विकास र संबृद्धि रोकिएको उनीहरुको बुझाइ छ। 

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका अशोक साहले जलेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने दाबी गरे। ‘जलेश्वरको मुटु र एक मात्र धरोहर जलेश्वरनाथ महादेव मन्दिर हो,’ उनले भने, ‘यसलाई व्यवस्थीत गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने छु।’ धार्मिक पर्यटकहरुको आवत जावतले यहाँको विकासमा महत्वपूर्ण टेवा पुग्ने भन्दै उम्मेदवारहरुले भार्गवसर कुटिलाई सुधार गर्दै पार्क र पिकनिक स्थल बनाउने योजनापनि संगै अघि सारेका छन्। ‘जलेश्वर महादेवको दर्शन गर्न देशभित्रका मात्र होइन बाहिरबाट पनि पर्यटक आउने स्थल बनाउँछौ,’ माओवादी उम्मेदवार कौशलेन्द्र शर्माले भने, ‘भार्गवसर कुटीलाई व्यवस्थीत गरेर पर्यटकलाई आर्कषीत गर्ने छौ।’

महादेव मन्दिरलाई व्यवस्थीत गर्न सके जानकी मन्दिर आउने धेरै पर्यटक जलेश्वरपनि आउने र त्यसको भेटीबाटै यहाँ विकास सम्भव हुने उनीहरुको बुभाइ छ। ‘सडक, पुलपुलेसा सबैतिर बनाउनै पर्छ,’ उनले भने, ‘हाम्रो धरोहर जलेश्वरलाई व्यवस्थीत गरेर प्रचार गर्न सके यहाँको मुहार फेरिने छ,’ उनले भने, ‘जलेश्वर पर्यटकीय स्थल बन्ने छ। त्यसले जनताको आर्थिक अवस्थामा पनि सुधार ल्याउने छ।’

राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेका रामशंकर मिश्रले जलेश्वरवासीसँग अपारपम्पत्ती भएर पनि तयसको सदुपयोग गर्न नसक्दा पछि परेको बताए । महादेव मन्दिरलाई व्यवस्थीत गर्न सके मात्र यहाँको विकासको ढोका आफै खुल्ने विश्लेषणा गर्दै भने, ‘उहाँको स्रोत नै यस क्षेत्रको विकासका लागि काफि हुन्छ।’

जलेश्वर महादेवको कुरा गरेपछि मात्र अन्य विकास मुद्दामा प्रवेस गर्ने उम्मेदवारहरुले खानेपानी, ढल, सडक जस्ता पूर्वाधार निर्माण गर्ने जनाएक छन् । सडक सञ्चाल, अस्थव्यस्थ वस्थीले कुरुप देखिने जलेश्वरलाई सुन्दर र व्यवस्थीति नगर बनाउने पनि उनीहरुले जनाएका छन्। 

जलेश्वर –२ को घरदैलो कार्यक्रममा भेटिएका कांग्रेस उम्मेदवार जलेश्वरसंग जोडीने सवै सडक र भित्रि जलेश्वरको सडकको स्तरउन्नती गर्ने, नालाढल निकास लगायतको समुचित व्यवस्था गर्नेसहितको विकासे योजना जनतालाई सुनाउँदै आफ्ना लागि भोट मागी रहेका थिए । पुस्तकालयको स्थापना गर्ने र जलेश्वरको मुख्य चौकलाई वाई फाई जोन बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्दै उनले भने, ‘जलेश्वरलाई सुन्दर सहर बनाउँछु।’

नयाँ शक्ति पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमाबाट बनेका कौशलेन्द्र शर्माले जनताको शैक्षिक स्तरको सुधारले मात्र समाज परिर्वतन सम्भव  हुने बताउँदै शैक्षीक मुद्दाहरुलाई जोड दिएका छन् । कृषि, सिंचाई र जलेश्वर नगर भित्रै कम्तीमा एक वटा उद्योगको स्थापना गर्ने योजना सुनाउँदै उनले भने, ‘जलेश्वर अहिलेसम्म पनि गाउँ जस्तो भयो म हराभरा नगर बनाउँछु।’ 

सडक, ढल र अव्यवस्थीत बजारले कुरुप देखिने जलेश्वरलाई सुन्दुर नगरे बनाउने एमालेबाट उम्मेदवार माधव मण्डलले दाबी गरे । रिंगरोड निर्माण, प्रत्येक घरमा शौचालय र खानेपानीको पाईप, सडक, नाला निर्माण गर्ने प्रतिवद्धता जनाउँदै उनले भने, ‘आएका बजेट दुरुपयो हुँदा यहाँ विकास हुन नसकेको हो । अब त्यसलाई अन्त्य गरेर विकासको गतिलाई तीब्र बनाउँछु।’

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रामशंकर मिश्रले भने आन्दोलनमा उठाइएको मधेस र मधेसीको माग जिवन्त राख्न चुनावमा सहभागि भएको बताए। मधेसी जनताको अधिकार स्थापीत गर्न जनताले भोट दिने बताउँदै उनले भने, ‘यहाँ समस्याहरु समाधान गर्नु गर्ने र विकासलाई गतिदिनु त छँदैछ। 

‘प्रत्येक वडामा स्नातकसम्मको अध्ययनको व्यवस्था मिलाउने, सर्वसाधारणको स्वास्थ्य अवस्थालाई ख्यालमा राखि प्रत्येक वडामा जाँच घरसहित एमविविएस डाक्टरको व्यवस्था गर्ने योजनासहित जनताको घरमा भोट माग्न पुगेका उनले भने, ‘भ्रष्टाचार नियन्त्रण पनि मेरो प्राथमिकताको विषय हो ।’

प्रकाशित: ३० भाद्र २०७४ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App