१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मलेसियाविरुद्ध नेपालले कसरी खेल्दैछ?

क्वालालम्पुर—एसिसी यु–१९ एसिया कपअन्र्तगत पूर्वी क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ शनिबार नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

सुधारिएको ब्याटिङका साथै बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो। भुटान, थाइल्यान्ड र सिंगापूर सम्मेलित समूह चरणका खेलमा नेपालले कुनै पनि टोलीबाट बलियो चुनौतीको सामना गर्नु परेन।

पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको नेपालले दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो। समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको थियो। नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले खेलाडी ले स्वभाविक प्रदर्शन गर्ने र मैसमले साथ दियो भने च्याम्पियन बन्न कठिन नभएको बताउँदै आएका छन्।

५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा पूरा गरेको थियो । समूह चरणको अन्तिम खेलमा पनि नेपालले सिंगापुरमाथि ७ विकेटको विजय हासिल गर्‍यो। सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमै पूरा गरेको थियो।

आयोजक मलेसिया समूह ‘बी’ को उपविजेता टोली हो । पहिलो दुई खेलमा विजय हासिल गरे पनि अन्तिम खेलमा हङकङसँग ६ विकेटले पराजित भए पछि मलेसिया उपविजेतामा सिमित बनेको थियो। नेपालका लागि मलेसिया परिचित प्रतिद्वन्द्वी हो। यु–१९ उमेर समूहमा भएको १४ मध्ये १३ खेलमा नेपालले बाजी मारेको छ। गत साउनमा सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोट प्रतियोगिताको दुबै खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो। मलेसियाले नेपाललाई हराएको एकमात्र खेल एसिसी यु–१९ इलाइट कपमा हो। तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया ६ विकेटले विजयी भएको थियो।  

सिंगापुरमा नेपालको ब्याटिङ चल्न नसक्दा नेपालको विश्वकप खेल्ने समना साकार हुन सकेको थिएन। तर तुलनात्मक रुपमा नेपालले यस प्रतियोगितामा ब्याटिङ सुधारेको छ। त्यसो त नेपालले विश्वकप छनोट खेल्दाको टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ। यु–१६ टोलीका पूर्वकप्तान सुमित महर्जन, अलराउन्डर सन्दीप जोरा, लेग स्पिनर विक्रमकुमार भुसाल र तीव्र गतिका बलर नन्दन यादव टोलीमा समेटिएका छन्। उनीहरूले ब्याट्सम्यान आदिल खान, विकेटकिपर प्रकाश केसी, तीव्र गतिका बलर रिजन ढकाल, बायाँ हाते स्पिनर ललितनारायण राजवंशीलाई प्रतिस्थापन गरेका हुन्।

फाइनल खेल्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने भएकाले नेपालले मलेसियालाई पराजित गरे एसिया कपमा स्थान पक्का गर्ने छन्। एसिया कपमा एसियाली टेस्ट राष्ट्रसँग खेल्ने छ। यसै प्रतियोगिताबाट नेपाली युवा टोलीको कप्तानी सम्हालेका दीपेन्दसिंह ऐरीले उच्च स्तरको टोलीविरुद्ध आफूलाई प्रमाणित गर्न यस प्रतियोगिता महत्वपूर्ण रहेको बताउँदैं आएका छन्।

थाइल्यान्डविरुद्ध क्लब अमानमा टस हारेर पहिले ब्याटिङ गरेको थालेको नेपालले ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको थाइल्यान्डलाई नेपालले २६ रनमा अलआउट गरेको थियो। थाइल्यान्डले १० ओभरमात्र खेल्न सक्यो।

सबै खेलमा टस हारेको नेपालले बाँकी दुबै खेलमा पहिले ब्याटिङ गर्न पाएन। दोस्रो खेलमा २८ ओभर खेलेर ५० रन बनाएको भुटानलाई नेपालले ९ विकेटले हरायो। ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा पूरा गरेको थियो । समूह चरणको अन्तिम खेलमा पनि नेपालले सिंगापुरमाथि ७ विकेटको विजय हासिल गर्‍यो। सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमै पूरा गरेको थियो।

समूह चरणका तीनै खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो खेलमा दायाँहाते स्पिनर सन्दीप लामिछानेले ७ विकेट लिए । प्रतियोगितामा १२ विकेट लिइसकेका सन्दीप धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । दोस्रो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीले ५ विकेट पूरा गरेका थिए । तेस्रो खेलमा पवन सर्राफले ६ विकेट पूरा गरे । पहिलो खेलमा ९१ रन बनाएका अनिलकुमार शाह धेरै रन बनाउने खेलाडीको सुचीमा दोस्रो स्थान छन्।

 

प्रकाशित: ३० भाद्र २०७४ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App