coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुर महानगर कार्यपालिकामा काँग्रेस–माओवादी गठबन्धन एमालेसँग पराजित

चितवन—भरतपुर महानगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिका निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनलाई धक्का लागेको छ। कार्यपालिकाका आठ सदस्यका लागि भएको निर्वाचनमा एमालेका छ जना विजयी भएका छन्। काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसका दुईजना उम्मेद्वार मात्रै निर्वाचित भए। यो जितसँगै भरतपुर कार्यपालिकामा एमालेको बहुमत कायम भएको छ।

भरतपुरको कार्यपालिका निर्वाचनमा आठमध्ये छ सदस्य जितेका कारण एमालेको कार्यपालिकामा २० सदस्य पुगेको छ। काँग्रेसले उपमेयरसहित १५ र माओवादीको मेयरसहित चार सदस्य हुने भएका छन्। अब नगर कार्यपालिकामा काँग्रेस माओवादी गठबन्धनको जम्मा सदस्य संख्या एमालेकोभन्दा एक कम अर्थात १९ जना हुने भएका छन् ।

भरतपुरमा स्थानीय तह निर्वाचनमा सत्तारुढ मुख्य दल काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। कुल २९ वटा वडा रहेको भरतपुरमा माओवादीले मेयरसहित तीनवटा वडामा वडाध्यक्ष जितेको थियो। काँग्रेसले उपमेयरसहित १२ वडामा वडाध्यक्ष जितेको थियो। एमालेले १४ वटा वडाहरुमा वडाध्यक्ष जितेको थियो। नगर कार्यपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र नगरसभाले निर्वाचित गरेका व्यक्तिहरु रहने छन्।

भरतपुरको कार्यपालिका निर्वाचनमा आठमध्ये छ सदस्य जितेका कारण एमालेको कार्यपालिकामा २० सदस्य पुगेको छ। काँग्रेसले उपमेयरसहित १५ र माओवादीको मेयरसहित चार सदस्य हुने भएका छन्। अब नगर कार्यपालिकामा काँग्रेस माओवादी गठबन्धनको जम्मा सदस्य संख्या एमालेकोभन्दा एक कम अर्थात १९ जना हुने भएका छन्। 

एक्लै जित्ने भरतपुरमा काँग्रेसले माओवादीलाई मेयर पद नै दिएर तालमेल गरेको भन्दै जिल्लामा असन्तोष देखिएको थियो। यो असन्तोषका बीच भएको मतदानमा मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादीकी रेणु दाहाललाई काँग्रेसका धेरै मतदाताले मत दिएका थिएनन्। मत गणना अन्तिम हुँदै गर्दा भरतपुरमा मतपत्र नै च्यातिएको थियो । दोह¥याएर निर्वाचन गराउँदा मेयरमा दाहालले जितेकी थिइन्।

सरासर मतगणना सकिएको भए मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीले नै जित्ने सम्भावना प्रवल थियो । दोहोर्‍याएर मतदान गराउँदा गठबन्धनलाई फाइदा भएको थियो। मतपत्र च्यातेका आरोपमा प्रहरीले तत्कालै माओवादीका दुईजना गणना प्रतिनिधिलाई समाएर चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

आउँदो केन्द्रीय संसदमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनबाटै उठ्ने भएका छन्। उनको जित निश्चित गर्न काँग्रेससँग गठबन्धन गर्नै पर्ने अवस्था छ । तर गठबन्धन नहुने पो हो कि भन्ने संकेत शुक्रबारको भरतपुरको नगर कार्यपालिका निर्वाचनले दिएको छ। 
 

 

प्रकाशित: ३० भाद्र २०७४ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App