काभ्रेमा स्वाइनफ्लुबाट एकको मृत्यु

शुक्रबार, ३० भदौ २०७४, १७ : ०५ नागरिक

धुलिखेल – स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शmुत्रबार एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो। 

‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको’ डा अर्जुन सापकोटोले भने। 

चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिए। 

‘हामीले थप संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीन जनाको टोली खटाएका छौंँ’ डा अर्जुन सापकोटाले भने, “टोलीले त्यहाँका अन्य घरमा मानिस बिरामी छन् कि छैनन्, अस्पतालमा अरु कतै भर्ना भएका छन् कि छैनन् भन्ने जानकारी समेत लिनेछन्।” साथै टोलीले त्यहाँका मानिसमा रगत परीक्षणलगायका स्वास्थ्य परीक्षणको कामसमेत गर्ने उनले जानकारी दिए। रासस 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad