८ वैशाख २०८१ शनिबार
अन्य

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा महिलामाथि यौनजन्य दुव्र्यवहार धेरै हुने गरेको पाइएको छ । 
सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत साउन १८ गतेदेखि सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोक्न यो अभियान सुरु गरेको थियो ।

अभियान अवधिमा दुर्व्यवहार गर्दै गर्दा पक्राउ परेका व्यक्तिको विवरणका आधारमा काठमाडौं जिल्लाका सार्वजनिक यातायातमा ८८ प्रतिशत घटना भएको पाइएको हो । यस अवधिमा ललितपुर जिल्लाका सार्वजनिक यातायातमा १० प्रतिशत र भक्तपुर जिल्लाका सार्वजनिक यातायातमा दुई प्रतिशत यौनजन्य दुव्र्यवहार भएको पाइएको छ । 

सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो । 

‘सवारीसाधनको मुभमेन्ट भइरहने भएकाले यही ठाउँमै दुव्र्यवहार भयो भनेर भन्न सकिँदैन,’ रानीपोखरीकी प्रहरी निरीक्षक शर्मिला गुरुङले भनिन्, ‘दुर्व्यवहार गर्ने अधिकांशलाई बसपार्क क्षेत्रबाटै कारबाही गर्दै आइरहेका छौँ ।’

शिक्षितले नै गर्छन् दुर्व्यवहार
स्नातकोत्तर गरेका शिक्षित पुरुषले समेत सार्वजनिक यातायातमा महिलामाथि यौनजन्य दुव्र्यवहार गर्ने गरेको पाइएको छ। 

अभियानका क्रममा पक्राउ परेका पुरुषको पृष्ठभूमि हेर्दा शिक्षितले समेत दुव्र्यवहार गर्ने गरेको पाइएको हो । अभियान सुरु भएको डेढ महिनामा ७१ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४८ ले महिला यात्रुमाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । यौन दुर्व्यवहार गर्नेमा सबै पुरुष मात्र छन्। 

अभियानका क्रममा प्रहरीले आठ पकेटमार, झै–झगडा गर्ने पाँच र अश्लील गाली गर्ने १० जनालाई पनि नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। 

प्रहरी निरीक्षक गुरुङले यात्रुलाई दुर्व्यवहार गर्नेमध्ये ७० प्रतिशत १५ देखि २५ वर्ष उमेर समूहका रहेको बताइन् । ३० प्रतिशत भने अन्य उमेर समूहका छन्।

दुव्र्यवहार गर्नेमध्ये ७१ प्रतिशत साधारण लेखपढ गर्न जान्ने छन् । स्नातकोत्तर अध्ययन गरेका र स्नातक गरेका दुई–दुई प्रतिशत दुर्व्यवहारकर्ता भेटिएका छन् । बाँकी २५ प्रतिशत भने लेखपढ गर्न नजान्ने छन् । प्रहरीका अनुसार सार्वजनिक यातायातमा दुर्व्यवहार गर्नेमध्ये ५१ प्रतिशत विवाहित पुरुष छन्। 

सार्वजनिक यातायातमा यौन दुव्र्यवहार गर्ने ४८ मध्ये ३७ जनाले महिलाको संवेदनशील अंगमा छुने गरेको पाइएको छ । यसैगरी ११ जनाले मौखिक रूपमा दुर्व्यवहार गरेको भेटिएको छ । त्यस्तै, महिलामाथि शारीरिक, मौखिक र  सांकेतिक ढंगले गरिने दुव्र्यवहारलाई यौन दुव्र्यवहार मानिन्छ। 

यसरी खट्छन् प्रहरी 
सार्वजनिक यातायातमा हुने यौनजन्य गतिविधि रोक्न उपत्यकामा एक सय प्रहरी सादा पोसाकमा खटिएका छन् । एक सय प्रहरी ३३ समूहमा बाँडिएर अभियानमा सक्रिय छन् । सादा पोसाकमा खटिने प्रहरीले  ‘हिडन क्यामरा’मार्फत बसमा दुव्र्यवहार गर्नेको गतिविधि कैद गरिरहेका हुन्छन् । ‘अन्य यात्रुजस्तै प्रहरी पनि सादा पोसाकमा खटिएका हुन्छन्,’ प्रहरी निरीक्षक गुरुङले भनिन्, ‘दुव्र्यवहारलाई उनीहरूले क्यामेराले खिचेर प्रमाणको रूपमा ल्याउँछन्, त्यसकै आधारमा कारबाही सिफारिस गर्छाैं।’

प्रहरी निरीक्षक गुरुङले पक्राउ परेका ७१ मध्ये २४ जनालाई सार्वजनिक अपराध मुद्दा चलाइएको जानकारी दिइन् । त्यसमध्ये १६ जना यौन दुव्र्यवहार गर्ने छन् । ‘अपराधको गाम्भीर्यताका आधारमा मुद्दा चलाउँदै आएका छौँ,’ उनले भनिन्। 

‘सेफ्टी पिन’ अभियान 
सार्वजनिक यातायातमा हुने यौन दुव्र्यवहार रोक्न गत साउन १८ गतेदेखि ‘सेफ्टी पिन’  अभियान चलाइएको हो । विभिन्न मुलुकका यातायातमा यौन दुव्र्यवहार हुँदा महिलाले सेफ्टी पिनले घोचेर पुरुषलाई भगाउने गरेको देखिएकाले त्यसैका आधारमा यो अभियानको नाम ‘सेफ्टी पिन’ राखिएको हो। 

प्रहरीले यातायात व्यवसायीसँग समन्वय गरेर अभियान थालेको हो । अभियान तीन महिनासम्म सञ्चालन गरिनेछ । प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष महिला तथा बालबालिकामाथि हुने यौन दुव्र्यवहार बढिरहेको छ । रानीपोखरीमा गत वर्ष यौन दुव्र्यवहारबारे आठवटा मात्रै उजुरी परेको थियो । महिलामाथि शारीरिक, मौखिक र सांकेतिक ढंगले गलत हर्कत गर्नुलाई कसुर मानिन्छ।

 

प्रकाशित: ३० भाद्र २०७४ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App