७ वैशाख २०८१ शुक्रबार
समाज

धनकुटा बजारमा ठूला गाडी प्रवेश रोक

धनकुटा-   चाडबाडको बेला धनकुटा बजार क्षेत्र भित्र ठूला सवारी साधान प्रवेश गर्न नपाउने भएका छन्। बजारमा चहलपहल हुने र मान्छेको आवतजावत धेरै हुने भएकाले ठुला गाडीलाइ प्रवेश गर्न रोक लगाएको धनकुटाका प्रहरी उपपरीक्षक सुदिप राजभण्डारीले बताए।

धनकुटा बजार ब्यबस्थापन समिति र सुरक्षा निकायबीच भएको छलफल पछि यो निर्णय भएको हो । विहान ९ बजे देखि १०.३० बजे र साँझ ३ बजे देखी ४.३० बजे सम्म ठूला गाडीलाई प्रवेश रोक लगाएको हो ।

त्यस्तै  धनकुटा बजारमा चार चक्के गाडी र मोटरसाईकलको जथाभावी पार्किङलाई समेत रोक्ने निर्णय गरेको छ । बजारमा मदनचौक, हस्पितल अगाडी, चुवाको बोट र प्रहरी कार्यालय अगाडी मोटरसाईकल पार्किङस्थल तोकिएको छ । चार चक्के गाडीलाई प्रहरी कार्यालय नजिकै रहेको कारागारको जग्गा पार्किङस्थलमा तोकिएको प्रहरी उपरीक्षक राजभण्डारीले बताए।

त्यस्तै धनकुटा बसपार्कमा प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । चाडबाडमा यात्रुलाई मनपरी भाडा लिने, हुटमा राख्ने, गाडीमा चढ्न नदिने वा अपमानित गर्ने कार्यलाई रोक्न र सुरक्षाको लागि सहायता कक्ष राख्ने प्रहरी उपरीक्षक राजभण्डारीले बताए। सहायता कक्षमा यातायात ब्यबसायी, यातायात मजदुर र नागरिक समाजका प्रतिनिधिको समेत सहभागिता हुनेछ।

प्रकाशित: ३० भाद्र २०७४ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App