coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भुटानमा सुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

थिम्पु (भुटान)- भुटानको राजधानी थिम्पुमा बिहिबारदेखि ७औं भुटान अन्र्तराष्ट्रिय व्यापार मेला सुरु सुरु भएको छ । दक्षिण एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन गर्ने र स्वदेशी उत्पादनलाई अन्र्तराष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले मेला सुरु भएको हो ।
मेलाको उद्घाटन भुटानका अर्थमन्त्री लिम्पो नामगे दोर्जेले गरेका थिए । उद्धघाटन कार्यक्रममा बोल्दै अर्थमन्त्रीले दोर्जेले छिमेकी मुलुकहरुसँगको मेलामा नेपालले उत्कृष्ट सामाग्रीहरु प्रर्दशनीमा राख्दै आएको बताए । उनले भने, ‘मेलाले छिमेकी मुलुकहरुसँगको व्यापारी सम्बन्ध विस्तार हुँदै गएको र सहभागी देशको आर्थिक वृद्धिदरमा पनि टेवा पुगेको छ ।’
उनले नेपाल र भुटानबीच व्यापार विस्तारको लागि प्रचूर सम्भावना रहेकोले दुवै देश मिलेर अघि बढ्नुपर्ने बताए । ‘भुटानको नेपालसँग व्यापार व्यवसायको राम्रो सम्भावना हुँदाहँुदै पनि व्यापार सन्धि हुन नसकेको कारण त्यति लाभ लिन सकेका छैनौं,’ उनले भने, ‘भुटान र नेपालबीच सन् ९० को दशकदेखि नै दुईपक्षीय व्यापार सन्धि गर्ने भनिए पनि त्यसले व्यहारिकता पाएको छैन ।’
उनले भुटानको धेरै व्यापार नेपाल, भारत र थाइल्याण्डसँग हँुदै आएकोले यी देशहरुबीच सजिलो तवरले खुला व्यापार हुनुपर्नेमा जोड दिए । मेलाको अवलोकन गर्दै मन्त्री दोर्जेले उनले दक्षिण एसियाली देशमा व्यापार व्यवसायको ठूलो सम्भावना भएको बताए ।
मेलामा नेपालसहित भारत, थाइल्याण्ड र भुटानका व्यवासायिहरुले स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने स्टलहरु राखेका छन् । ४ देशबाट ह्यन्डिक्राफ्ट, चाँदीका सामान, उनीको गलैँचा, लत्ताकपडा, दैनिक प्रयोग तथा भान्साका सामग्री लगायत आफ्नो देशको परिचय दिने सामानसहितका स्टल राखिएको छ ।
मेलाबाट सार्क मुलुकहरुबीचको आयात निर्यातलाई सहज पारी आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ । हरेक बर्ष मेलामा उत्कृष्ट सहभागिता जनाउँदै आएको नेपालले यसपटक पनि १ सय २ वटा स्टलहरु राखेको छ । मेलामा नेपालका तर्फबाट धातुका मूर्ति, चाँदीका गरगहना, पूजा सामग्री, तामा, पित्तलका भाँडाकुँडा, तयारी पोसाक, उनी गलैंचालगायत अन्य हस्तकला जन्य सामग्री राखिएका छन् । मेला अवलोकनकर्तालाई सुविधाको लागि फुड स्टल पनि राखिएको छ ।
स्वदेशी वस्तुहरुको प्रवद्र्धन गर्ने लक्ष्यले सुरु भएको व्यापार मेला असोज २ गतेसम्म चल्ने छ । मेलामा सहभागी देशहरुले  ५० देखि सय वटा सम्मका स्टल राखेकोे आयोजकले जानकारी गराएका छन् । भुटान उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा नेपालको तर्फबाट ललितपुर उद्योग वाणिज्य संघले सहभागिता जनाएको छ । मेलामा चार देशका २ सय ३४ वटा स्टलहरु राखिएको छ ।
हरेक बर्ष हुने मेलामा उत्कृष्ट सहभागिता जनाउँदै आएको उद्योग वाणिज्य संघ ललितपुरले यो बर्ष दश करोड व्यापार हुने लक्ष्य राखेको छ । यस्तो मेलाले दुई देशबीचको व्यापार घाटामा ठूलो राहत दिँदै आएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सबिन श्रेष्ठले जानकारी दिए । उनले यस्तो मेलामा सहभागि हुन पाउनु नेपालका लागि फाइदाजनक विषय भएको बताए । ‘भुटानीहरुले नेपाली उत्पादनलाई माया गर्छन, मेलामा राखिएका धेरै देशका स्टलहरुमध्ये नेपालकै सामाग्रीहरु बढी बिक्रि हुँदै आएका छन्,’ उनले भने, ‘धार्मिक र परम्परागत सामाग्रीहरु भुटानमा बढी बिक्रि हुने गरेको छ ।’ उनले पछिल्लो समय भुटानमा मुर्तिजन्य सामाग्रीहरु बढी बिक्रि भएको बताए । ‘भुटानीहरुलाई नेपाली मुर्तिको अत्यन्तै मोह छ,’ उनले भने, ‘यसले नेपालका व्यवसाय क्षेत्रलाई उकास्न मद्दत गरेको छ ।’ त्यसो त दुई देशबीच वाणिज्य सम्झौंता नहुँदा महङ्गो कर तिर्नुपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘दुईदेशबीचको व्यवसायिक प्रर्वदनको निम्ति हामीले सरकारसँग धेरै पहिलादेखि नै गुनासो राख्दै आएका छौं तर सम्बोधन भएको छैन,’ उनले भने । उनले अरुबेला बेला खासै व्यापार नहुने भएकाले मेला यसको माध्यम भएको बताए । ‘नेपालको धेरै उत्पादनलाई भुटानीहरुले मन पराउनुहुन्छ,’ श्रेष्ठले भने, ‘भुटान नेपालको लागि ट्रेड डेस्टिनेसन बनेको छ ।’

भुटान उद्योग वाणिज्य संघकी अध्यक्ष फुब जामले यस्तो मेलाले छिमेकी देशहरुलाई आत्मनिर्भरतातर्फ लगेको बताइन् । उनले भनिन्, ‘यस्तो मेलाले दुईतर्फी रुपमै आर्थिक विकासको लागि सहयोग गर्छ, आगामी दिनमा यसलाई अझ सार्थक रुपमा अघि बढाउन जरुरी छ ।’
नेपाल भुटानबीच सन् १९८३ देखि नै व्यावसायिक सम्बन्ध स्थापना भएको थियो । लामो समयसम्म व्यावसायिक सम्बन्ध भएपनि त्यसबाट खासै उपलब्धि हासिल गर्न नसकिएको व्यवसायिहरु बताउँछन् । नेपालले भुटानमा विषेशतः मूर्ति, कपडा, गार्मेन्ट, जंक फुड, जुत्ताचप्पल निर्यात गर्छ । त्यस्तै, भुटानले पनि नेपालमा जिप्सम, कोइला, खनिजजन्य पदार्थ निर्यात गर्दै आएको छ । यसबाहेक भुटानले जलविद्युत उत्पादनको क्षेत्रमा पनि प्रगति गरेको छ ।

प्रकाशित: ३० भाद्र २०७४ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App