८ वैशाख २०८१ शनिबार
समाज

डा. केसी सडकपछि संसद् जाने

काठमाडौं- १६ दिन लामो अनशनबाट नतंग्रिँदै डा. गोविन्द केसीले सडकमा ओर्लिएर सरकार र संसद्लाई खबरदारी गर्ने भएका छन्। अनशनपछि मेडिकल वार्डमा उपचाररत डा. केसीले शनिबार ११ बजे माइतीघरमा हुने भ्रष्टाचारविरोधी र्‍यालीमा सहभागी हुने बताए।

शनिबार भ्रष्टाचारविरोधी यात्रामा सहभागी भएपछि आइतबार संसद्मा गएर मेडिकल शिक्षामा भएका अनियमितताका विषयमा छानबिनका लागि सुशासन समितिको ध्यानाकर्षण निम्ति ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

डा. केसी ऐक्यबद्धता गठबन्धनको 'हिँडौं डाक्टर केसीसँग' भन्ने नाममा माइतीघरबाट केही बेर यात्रा गर्ने कार्यक्रम छ। सम्झौता भएपछि डा. केसी उपचारमा लागेपछि संसद्को सुशासन समितिले मेडिकल शिक्षामा भएका अख्तियारका अन्य संलग्नताका विषय छाडेर केयुको मात्रै विषयमा अनुसन्धान थालेको छ। त्यसैगरी, संसद्को सामाजिक समितिले समेत मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधयेकमा छलफल थालेको छ।

अनशन छाडेसँगै सरकारको ध्यान फेरि सम्झौताबाट बाहिरिएको भन्दै दबाबमूलक कार्यक्रम गर्न लागिएको डा. केसीले बताए। 'रिंगटा बाँकी छ, सोडियम र पोटासियम अझै कम छ,' डा. केसीले भने, 'म थोरै हिँड्न भने पनि आउँछु,' उनले सुशासन समिति, संसद् र सरकारलाई खबरदारी गर्ने काम जनताको भएको भन्दै ११ बजे माइतीघरमा उपस्थित हुन सबैसँग आग्रह गरेका छन्।

'हामीले एजेन्डा बिर्र्र्सिएका छैनौं,' उनले भने।

प्रकाशित: १४ श्रावण २०७३ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App