८ वैशाख २०८१ शनिबार
राजनीति

‘सय दिनका उपलब्धि वेबसाइटमा हेर्नुहोस्’

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित ‘उपलब्धि सार्वजनिक कार्यक्रम’ झारा टाराइमा सीमित भएको छ । सरकारले सय दिनमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने प्रचलनअनुसार बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा भने उपस्थित भएनन् । उनी चुनावी प्रचारको सिलसिलामा सर्लाही र रौतहटमा व्यस्त छन् ।  

स्थानीय निर्वाचनमा तराई मधेस केन्द्रित दलको सहभागिता, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा, संघ र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण, बाढीपीडितलाई राहत सरकारका प्रमुख उपलब्धि।


प्रधानमन्त्री स्वयं उपस्थित भएर उपलब्धि सार्वजनिक गर्ने प्रचलन छ । प्रधानमन्त्री उपस्थित नभएपछि उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठसहित प्र्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारका उपलब्धि सार्वजनिक गरेका थिए ।
कार्यक्रममा सबै उपलब्धि वाचन गरिएन । केही सैद्धान्तिक उपलब्धिबारे जानकारी गराएपछि प्रवक्ता बस्नेतले भने, ‘सरकारका सय दिनका उपलब्धि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको छ, त्यतै हेर्नुहोला ।’ यसअघि लामो समय लाग्ने भए पनि प्रधानमन्त्री वा प्रधानमन्त्रीको उपस्थितिमा अन्य मन्त्रीले उपलब्धि वाचन गर्ने प्रचलन थियो । देउवाको कार्यकालबाट सो परम्परा पनि तोडिन पुगेको छ ।
बस्नेतले स्थानीय तहको तेस्रो चरण निर्वाचनमा संविधानप्रति असन्तुष्ट तराई मधेस केन्द्रित दलले भाग लिएको, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा गरिएको, संघ र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गरिएको, बाढीपीडितलाई दैनिक ७० का दरले ९७ करोड ७० लाख राहत र मृतकका परिवारलाई २ लाख वितरण गरिएको विषयलाई उपलब्धिका रुपमा व्याख्या गरे ।
त्यस्तै, राष्ट्रपतिको स्विट्जरल्यान्ड भ्रमण, उपराष्ट्रपतिको चीन र प्रधानमन्त्रीको भारत भ्रमणलाई पनि सरकारले उपलब्धिका रुपमा सार्वजनिक ग¥यो । सरकारले सदाचार नीति बनाउने कार्य सम्पन्न गरेको, भूकम्प प्राधिकरणले निजी भवन निर्माण, सरकारी स्कुल र अस्पताल बनाएको विवरण पनि उपलब्धि सूचीमा उल्लेख गरिएको छ ।
उपप्रधानमन्त्री महराले सरकारले उल्लेख गरेका प्राथमिकताका आठ विषयमध्ये तीनवटामा जोड गर्न आग्रह गरेका थिए । ‘तपाईंहरु अन्यत्र नजानुहोस्, सरकारका मुख्य तीन कार्यभारमा जोड गर्नुहोस्,’ मन्त्री महराले पत्रकारसँग भने, ‘राजनीतिक सहमति, संविधान कार्यान्वयन र निर्वाचनको सुनिश्चितता, यसमा सरकार सफल भएको छ ।’

 

प्रकाशित: ३० भाद्र २०७४ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App