७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवाको भारत भ्रमण नेपाललाई घातकः नेता विश्वकर्मा

जुम्ला— नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क वहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपाली जनताको लागि घातक सावित भएको बताएका छन्। उनले देउवाको भारत भ्रमण नेपालको अस्तित्व मेटाउने खालको भएको टिप्पणी गरे। कार्यकर्तालाई प्रशिक्षण दिन जुम्ला पुगेका नेता विश्वकर्माले पत्रकार सम्मेलनमा बोल्दै पहिलेका असमान सन्धि सम्झौता खारेज गर्नु पर्नेमा म्याद थपेर राष्ट्रियतालाई संकटमा पारेको आरोप लगाए। 

नेपालको राष्ट्यि योजना आयोगलाई भारतीय राष्ट्रिय योजना आयोग समक्ष बुझाएको आरोप लगाउँदै उनले भने ‘नेपालका सत्ताधारी दल आत्मसमपर्णवादी भएका छन्।’ जयुुद्धको उद्देश्य अनुरुप पछिल्लो राजनीति अघि नबढेको बताउँदै उनले अब देशको अस्तित्व रहने नरहने निश्चित नभएको बताए।

पूर्व पर्यटनमन्त्री समेत रहेका विश्वकर्माले देशलाई विखण्डन गर्न अन्तर्राष्ट्रिय खेल शुरु भईसकेको दाबी गरे। माओवादीले जनतालाई धोका दिएको उनको भनाइ थियो। उनले सत्ताधारी दलले गर्दै आएको हर्कतविरुद्ध कडा आन्दोलनका कार्यक्रम गर्ने उनको भनाइ थियो। 

 

प्रकाशित: २९ भाद्र २०७४ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App