विराटनगरामा एक करोड लिटर दूध संकलन

बिहिबार, २९ भदौ २०७४, १४ : ३९ नागरिक

0


विराटनगर – दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ। 

सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ।  

व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्नाका साथै दूधको पाउडर, मिठाइ, मख्खन, घ्यू, पनिर र आइसक्रिम बनाउने गर्छ। दुग्ध व्यवसायसँग संलग्न पूर्वाञ्चलका विभिन्न सहकारी संस्थाका साथै किसानबाट दैनिकरुपमा सरदर २५ हजार लिटर दूध खरिद गरी १३ हजार लिटर दूध बिक्री वितरण गर्दै आएको संस्थानका प्रमुख सरोज सिम्खडाले जानकारी दिए। 

किसानसँग खरिद गर्दै आएको दूधमा प्रतिलिटर पाँच रुपैया १० पैसा बढोत्तरी गरिएको छ। किसानसँग प्रतिलिटर रु ४० र सहकारीसँग रु ४५ मा दूध खरिद गरिएको उनले बताए। दूध संकलनबापत ढुवानी खर्च, दूध चिस्याउने र प्रशासनिकलगायत खर्च जोडेर दूध प्रतिलिटर रु ७० मा बिक्री गर्ने गरिएको छ। 

उक्त संस्थानअन्तर्गत रहेको पाउडर प्लान्टको क्षमतामा विस्तार गरिएपछि दूधको पाउडर बनाउन सहज भएको छ। सो प्लान्टबाट दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउन सकिनेछ। साठी हजार लिटर दूधको पाँच हजार किलो पाउडर तयार हुन्छ। रु १० करोडको लागतमा उक्त प्लान्ट निर्माण गरिएको हो। 

संस्थान सेवामुखी भएकाले कम मुनाफामा विराटनगरलगायत विभिन्न ठाउँमा दूध वितरण गर्ने गरिएको हो। यस संस्थानअन्तर्गत शुद्ध घ्यूका साथै रसभरी, लालमोहनलगायतका पदार्थ बनाइन्छ। किसानलाई दूध उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले विराटनगरबाट ४२६ किमी टाढा रहेको पाँचथरको देउरालीस्थित चिस्यान केन्द्रबाट पनि दूध संकलन गर्ने गरिन्छ। 

त्यस्तै, यहाँदेखि ४१४ किमी टाढाको इलामको शान्तिडाँडा, ३८५ किमी टाढा रहेको पुवाखोला, ३६० किमीमा पर्ने बिवल्याँटे, ३१२ किमीमा पर्ने लक्ष्मीपुर, २६० किमी टाढाको फिक्कल, तिनघरे, धनकुटाको हिले र तेह्रथुमको चित्रस्थित चिस्यान केन्द्रबाट दूध संकलन गर्ने गरिएको छ। 

मोरङ, सुनसरी, सप्तरी र सिरहाका विभिन्न चिस्यान केन्द्रबाट समेत दूध संकलन गर्ने गरिएको कार्यालयले जनाएको छ। पूर्वी नेपालका पहाडी जिल्लाबाट समेत दूध संकलन गर्न थालेपछि किसान दूध उत्पादनतर्फ अग्रसर भएका छन्। रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...