coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएन युएईमा सुवेदी र श्रेष्ठबीच प्रतिस्पर्धा

अध्यक्षका प्रत्यासी श्रेष्ठ र सुवेदी

युएई –गैरआवासीय नेपाली संघ यूएईको सातौ महाधिवेशन शुक्रबार दुबईमा हुँदैछ। एनआरएनए सन् २०१७-२०१९ कार्यकालको लागि अध्यक्ष पदमा संघका उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीबीच प्रतिसपर्धा हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय बुधबार साँझसम्मलाई दिए पनि अध्यक्ष पदको लागि दुवै पक्षबाट उमेदवारी फिर्ता नआएपछि निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो।

संघको नयाँ नेतृत्वको लागि अध्यक्षसहित ३१ जनाको उम्मेदवारी परेको छ। त्यस मध्ये शुक्रबार आईसिसि सदस्य, अध्यक्ष,  उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदको लागि मतदान हुदैछ।

अध्यक्षमा रमेश श्रेष्ठ र शालिकराम सुवेदीबीच प्रतिसपर्धा हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय बुधबार साँझसम्मलाई दिए पनि दुवै पक्षबाट उमेदवारी फिर्ता नआएपछि निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो।

मतदानको लागि एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्यमा चित्र केसी, मदन कुमार ठाकुर र नेत्र थेतनबीच प्रतिस्पर्धा हुनेछ। उपाध्यक्षका प्रत्यासीमा नेत्रप्रसाद शर्मा, बालकृष्ण मरासिनी, निर्मलकुमार पोखरेल,लक्ष्मण श्रेष्ठ रनरबहादुर सेन छन्। महासचिवमा कृष्ण प्रसाद पौड्याल र निश्चल दाहालबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्षमा राजु केसी र बालकृष्ण अधिकारी चुनाबी मैदानमा छन्।

निर्विरोध निर्वाचित

एनआरएनए युएईको नयाँ कार्यसमितिका लागि सचिवमा मिलबहादुर गुरुङ र राजेश बोहोरा निर्बिरोध निर्वाचित भएका छन। त्यस्तै महिला सञ्जाल प्रतिनिधिमा मोतीकुमारी राई र युवा सञ्जाल प्रतिनिधिमा नबिन पौडेल निर्बिरोध निर्वाचित भएका छन्।

सदस्यहरुमा बिदुर न्यौपाने, मोहमद समिम, दिनेश पराजुली, ओम प्रसाद उप्रेति, शमसेर योन्जन, राजन खतिवडा, धर्मेन्द्र गोहीवार, जिवन दास, केशव शर्मा नेपाल, लछुमन काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरण दत्त सुवेदी र टकबहादुर गुरुङ निर्बिरोधनिर्वाचित भएका छन्।

निर्वाचनको तयारी पूरा

गैरआवासीय नेपाली संघ यूएईको शुक्रबार हुने सातौ महाधिवेशनको सबै तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र, मतपेटीका, मतदाता नामावली, मतदान स्थललगायतको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ निर्वाचन समितिका संमयोजक लक्ष्मण खनालले नागरीकन्युजलाई बताए। 'निर्धक्क भएर मतदान स्थलमा उपस्थित भएर मताधिकार सुरक्षित गर्न मतदातालाई आग्रह गर्दछु', उनले भने।

मतपत्रको नमुना

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App