coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ –  दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ। मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। 

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ। गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ। 

कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारकोे सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गरी प्रसूति जाँच गरेको बच्चालाई बी.सी.जी. खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको बताइएको छ। 

प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता पाँच हजार दुई किस्ता गरी दिइने छ। जसअन्तर्गत चारपटक गर्भ जाँच र सूचीकृत स्वास्थ्य संस्थामा (नेपालभर या बाहिर पनि) प्रसूति सेवा लिएमा रु ९०० प्रसूति सेवा लिएका संस्थाबाट प्राप्त हुनेछ। दोस्रो किस्ता रकम रु चार हजार १०० तुलसीपुर उपमहानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराइनेछ। प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता एकजना महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ। 

पाँच सय ३२ जनाको निःशुुल्क आँखाको शल्यक्रिया 

यहाँको अस्पतालले ५३२ जना आँखाको शल्यक्रिया गरेको छ। अस्पतालले सात दिनसम्म सञ्चालन गरेको निःशुल्क मोतियाविन्दुको आँखाको शल्यक्रिया शिविरमा ५३२ जनाको बिरामीको आँखामा मोतियाविन्दु देखिएको र उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए। 

नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालन भएका राप्ती आँखा अस्पताल रक्षाचौरमा १२८, लमही आँखा अस्पताल ९१ र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुमा ३३२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालले बताए। यसअघि अस्पतालले आँखा शल्यक्रियाका लागि कम्प्युटर प्रविधि (फेको)बाट रु सात हजार ५०० र हाते प्रविधि (एसआइसिएस) प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया गरेको शुल्क रु दुई हजार ५०० लिँदै आएको थियो । रासस 

प्रकाशित: २९ भाद्र २०७४ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App