८ वैशाख २०८१ शनिबार
फोटो फिचर

दशैँ अायो : नयाँ नोट साट्दै सर्वसाधारण (फोटो फिचर)

काठमाडौँ – दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। थापाथलीस्थित नोट सटही केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मका  नयाँ नोट साटिने व्यवस्था मिलाइएको हो। यसपाली दसैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाइने व्यवस्था मिलाएको छ।  यो बाहेक सरकारी स्वामित्वका बैंकहरुले पनि नयाँ नोट दिइरहेका छन्।

पोहोरको तुलनामा यसपाली पैसा सटही गर्नेको भीड कम भएकाले सहजै पैसा साट्न पाइएको पैसा साट्न राष्ट्र बैंक अएकी माया तामाङले बताइन्। 'पाेहाेर साल दिनभरी लाइन बस्नु परेको थियो, यसपाली  पनि भीड हुन्छ भनेर चाँडै आएको  धेरै भिड रहनेछ', उनले भनिन्। 

यसपाली दसैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाइने व्यवस्था मिलाएको छ।  यो बाहेक सरकारी स्वामित्वका बैंकहरुले पनि नयाँ नोट दिइरहेका छन्।

नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ।

पोहोरको तुलनामा यसपाली पैसा सटही गर्नेको भीड कम भएकाले सहजै पैसा साट्न पाइएको पैसा साट्न राष्ट्र बैंक अएकी माया तामाङले बताइन्। 'पाेहाेर साल दिनभरी लाइन बस्नु परेको थियो, यसपाली  पनि भीड हुन्छ भनेर चाँडै आएको धेरै भिड रहनेछ', उनले भनिन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App