coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए

नयाँ दिल्ली – उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको ज्यान गएको समाचार छ।

सो डुंगामा रहेका अरु ३० जना हराइरहेका समाचारमा जनाइएको छ। बिहीबार बिहान सो दुर्घटना भएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। 

बाग्पतको प्रहरीले दिएको समाचारअनुसार सो डुंगामा रहेकामध्ये धेरैजना हराएका छन्। उनीहरुको खोजी जारी रहेको भए पनि जिवीतै भेट्ने सम्भावना भने कम रहेको प्रहरीको भनाई छ। 

सो डुंगामा ६० जना व्यक्ति रहेका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको कारण डुब्न पुगेको हो। 

उक्त डुंगा दुर्घटनापछि डुबेका ८ वटा शव भेटिएको छ । अरु १२ जनालाई जिवीतै उद्वारगरी उपचारार्थ अस्पताल भर्ना गरिएको छ। 

प्रहरी र अन्य उद्धारकर्मीहरुले हराएका ती ३० जनाको खोजी जारी राखेका बाग्पत प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीकाअनुसार उनीहरुको जिवीतै उद्वारका लागि सक्दो प्रयास गरिएको छ। 

उत्तर प्रदेशका मुख्यमन्त्रीले सो दुर्घटनाबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। 

प्रकाशित: २९ भाद्र २०७४ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App