रोकिएन आचारसंहिता उल्लंघन

बिहिबार, २९ भदौ २०७४, ११ : ०९ नागरिक

गौशाला – प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन। 

प्रचारप्रसार शुरु भएदेखि नै आचारसंहिता उल्लंघनमा उत्रेका यहाँका ठूला राष्ट्रिय पार्टीहरु, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपादेखि लिएर मधेशवादी दलहरु राजपा, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम सबैले अहिले आचारसंहिता उल्लंघनलाई चरम बिन्दुमा पुर्‍याएको देखिएको छ। 

दस नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७२० पदका लागि चारहजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्येक उम्मेदवारद्वारा आचारसंहिताको व्यापक उल्लंघन भइरहेको देखिएको छ। 

आआफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आआफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ। 

यहाँका राजनीतिक दलहरूले सार्वजनिक स्थलमा पोस्टर, पम्फलेट, सभा सम्मेलनदेखि लिएर ठूलठूलो आवाजमा २४ घण्टा लाउडस्पिकर बजाएर प्रचारप्रसार गरेको पाइएको छ। 

जिल्लाका प्रत्येक गाउँ ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रुख बिरुवामा अहिले विभिन्न पार्टीका झण्डा टाँगिएको देख्न सकिन्छ। त्यस्तै, ठूलठूला आकारका पोस्टर पनि टाँगिएको देख्न सकिन्छ। 

यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूलठूला ब्यानर लिएर प्रचारप्रसारमा उत्रेका छन्। 

त्यस्तै, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अंकित भेस्ट, टोपी लगाएर सयौँ कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै बालबालिका पनि प्रयोग गरिएको देखिएको छ। 

यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झुठो बाचा, विभिन्न प्रलोभन र पैसा बाड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन्। 

यसैबीच, एक÷दुईदिन निर्वाचन आयोगले सुरक्षाकर्मी र प्रशासन लगाएर यहाँका उम्मेदवारले झुन्ड्याएको पोस्टर, पम्फलेट र झण्डा हटाए पनि अहिले आयोग पनि उदासीन रहेको देखिएको छ । रासस 







यसमा तपाईको मत

अन्य समाचार

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad