७ वैशाख २०८१ शुक्रबार
समाज

राप्ती बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम

नेपालगन्ज–  राप्ती बाढी प्रभावित क्षेत्र बाँकेका विभिन्न गाविसमा रोगको महामारी फैलिने जोखिम बढेको छ। बाढीको सतह घटेपछि अधिकांश स्थानीय बासिन्दा पुरानै ठाउँमा फर्केका छन्, भने कतिपय आफन्त र अस्थायी टहराको साहारा लिएका छन्।

‘घरभित्रको हिलो सुकेको छैन, धाराको दुषित पानी खाइरहेका छौं,’ फत्तेपुर–७ का तिलकबहादुर घर्तिले भने, ‘यस्तो बेलामा बालबच्चा र बुढापाकालाई समस्या भइरहेको छ।’ बस्ने बास र खानेपानीको अर्को विकल्प नभएको उनले बताए।

जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण हुन नदिन पानी शुद्धीकरण गर्ने औषधि पठाइसकेको बताए। ‘भोलीबाट सम्बन्धित गाविसमा औषधि वितरणको काम सुरु हुन्छ, स्वास्थ्य चौकीमा पनि पर्याप्त मात्रामा औषधि पठाउने निर्णय गरेका छौं,’ उनले नागरिकसँग भने। बाढीको अवस्था विस्तारै सामान्य बन्दै गएको बताए।

 

प्रकाशित: १३ श्रावण २०७३ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App