coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस—माओवादी गतिविधिले नेपालको अस्तित्व धेरै रहने छैन : रावल

धनगढी— नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको उलंघन गर्दै राज्यको ढुकुटी रित्याउन जम्वो मन्त्रिपरिषद बनाएर लोकतन्त्रको खील्ली उडाएको बताएका छन। भारतको डिजाइनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको उल्लेख गर्दै यी दुई पार्टीका कारण देशको अस्तित्व खतरामा रहेको उनले बताए।

भारतले सिक्किमलाई लिन सबभन्दा पहिले सिक्किमको योजनामा आफ्नो अनुकुलको योजना बनाउने कुरा छिराएको उल्लेख गर्दै देउवाले भारत भ्रमणका क्रममा गरेको सम्झौतामा नेपालको राष्ट्रिय योजना आयोगले कुनै आयोजना लागु गर्नुभन्दा पहिले दुई देशबीच नीतिसम्वाद गर्ने भन्ने खतरनाक बुँदा छिराएको आरोप लगाए।

मंगलवार नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्वोधन गर्दै उपाध्यक्ष रावलले प्रदेश नम्बर ७ का देउवाका क्रियाकलाप दुःखद रहेको उल्लेख गरे। ‘हाम्रो प्रदेश नम्बर ७ का देउवाले जम्वो मन्त्रिपरिषद बनाए, भारतमा गएर चाकरी गरे र लोकतन्त्रको उपहास उडाए भनेर सुन्नु नपरोस भन्ने हो तर उनका क्रियाकलापले हामीलाई पनि दुःख लाग्छ’उनले भने,‘राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउनेगरी जम्वो मन्त्रिपरिषद बनाउने कार्य आचारसंहिता बिपरित, गैरलोकतान्त्रिक र देशहित विपरित छ।’ 

काँग्रेस र माओवादीको निर्वाचनका लागी भएको गठनबन्धन भारतको रणनीती अनुसार भएको उनले बताए। हिजो टाउकोको मूल्य तोक्ने शेरबहादुर देउवा र देउवालाई गोली हान्ने प्रचण्डबीच अहिले मेलमिलाप हुनमा अरु कुनै जादु नरहेको उनको भनाइ थियो। ‘काँग्रेस र माओवादी केन्द्रका कारण देशको अस्तित्व र पहिचान खतरामा रहेको छ’उनले भने।

प्रधानमन्त्री देउवाले भारतमा गएर सर्वाभौम सत्ता सम्पन्न व्यवस्थापिका संसदको अपमान हुने गरी बहुमत नपुगेकोले संबिधान शंसोधन हुन नसकेको र भविष्यमा गर्नेछु भनेर चाकडी गर्दै देशको स्वाभिमान कमजोर बनाएको उनले औंल्याए। देशको स्वाभिमान, स्वाधिनता र पहिचान खतरामा परेकोले यो बचाउन सवै नेपालीले जागरुक हुनुपर्नेमा उनको जोड थियो। ‘काँग्रेस र माओवादी केन्द्रका गतिबिधिले नेपाल भूगोल त रहला तर स्वतन्त्र अस्तित्व र पहिचान धेरै लामो समय रहन सक्तैन’उनले भने।

सत्तारुढ दलले प्रतिनिधि सभा, प्रदेश शभा क्षेत्र निर्धारण मनपरी ढंगले गरेको उल्लेख गर्दै भूगोलमा हालेको चिराले जनताको मनमा चिरा हाल्न नसकिने उनले बताए। करिव पौने २ घण्टा लामो समय बोलेका रावलले अधिकाशं समय नेपाली काग्रेस र माओवादी केन्द्रको आलोचनामा खर्चेका थिए।

भारतले सिक्किमलाई लिन सबभन्दा पहिले सिक्किमको योजनामा आफ्नो अनुकुलको योजना बनाउने कुरा छिराएको उल्लेख गर्दै देउवाले भारत भ्रमणका क्रममा गरेको सम्झौतामा नेपालको राष्ट्रिय योजना आयोगले कुनै आयोजना लागु गर्नुभन्दा पहिले दुई देशबीच नीतिसम्वाद गर्ने भन्ने खतरनाक बुँदा छिराएको आरोप लगाए।

 

प्रकाशित: २८ भाद्र २०७४ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App