coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

२० हजार अमेरिकी डलरसहित दुई पक्राउ

काठमाडौं – अमेरिकी डलरसहित प्रहरीले मंगलबार दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनहरा बस्ने मकवानपुरको बसामाडी–६ का ३३ वर्षीय निमा रिन्जिन र सिन्धुपाल्चोकको फुलपिङ्गकोट–३ का  १९ वर्षीय राज कार्की रहेका छन् । 

उनीहरूलाई अमेरिकी डलर १ सय दरका १ सय ८८ थान र ५० दरका २४ थान गरी जम्मा २० हजार अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको हो। 

कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारस्थित बागमती पुलमा बा.१९ प ६०५६ नम्बरको मोटरसाइकलमा सवार निमा र राजलाई जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला परेको हो ।

यस विषयमा थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ भाद्र २०७४ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App