८ वैशाख २०८१ शनिबार
खेल

नेपालद्वारा भुटान ९ विकेटले पराजित

काठमाडौँ –  मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा बुधबार भएको दोश्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको भुटानले नेपाललार्इ ५१ रनको लक्ष्य दिएको थियो । जसमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने सन्दिप लामिछानेले ४ विकेट लिन सफल भए । भुटानले दिएको लक्ष्यलाई नेपालले ८.३ ओभरमा १ विकेट गुमाएर  भेट्टायो।

यो जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ  । फाइनलका लागि नेपालले मलेसियाको क्लव अमानमा विहीबार सिंगापुरसँग खेल्दैछ।

 

प्रकाशित: २८ भाद्र २०७४ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App