७ वैशाख २०८१ शुक्रबार
समाज

शुक्रबार उपत्यकामा सार्वजनिक विदा

काठमाडौं— सरकारले काठमाडौं उपत्यकामा शुक्रबार सार्वजनिक विदा दिने भएको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक विदा दिइने जनाएको छ।

'साउन १४ गते शुक्रबारका दिन रातो मत्स्येन्द्रनाथको भाेटो देखाउने जात्रा परेकाले उक्त दिन काठमाडौं‌ उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहाेरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ', गृह मन्त्रालयको सूचनामा भनिएको छ।

करिब एक हजार ६०० वर्ष पुरानो मत्स्येन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म चल्नेगर्छ। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ। जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि मच्छिन्द्रनाथ जात्रा समापन हुन्छ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन्। बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।

भोटो देखाउने अवसरमा राज्य प्रमुख, सरकार प्रमुख तथा विशिष्ट अतिथिहरु सहभागी हुने गर्छन्।

प्रकाशित: १३ श्रावण २०७३ ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App