coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डिआइजी सिलवालको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालको रिट खारेज गरिदिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको बृहद पूर्ण इजलासले रिटको औचित्य नभएको भन्दै मंगलबार खारेज गरिदिएको हो।

‘प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति दिनु भनी विपक्षीको नाममा आदेश जारी गर्न मिल्ने आधार नदेखिएको’ आदेशमा भनिएको छ, ‘रिट निवेदन खारेज हुने ठहर्छ ।’

गत फागुन १ मा मन्त्रिपरिषदले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने निर्णयपछि अदालत पुगेका डिआइजी नवराज सिलवालको मुद्दा चैत ८ मा परमादेश जारी भएको थियो ।

त्यसपछि सरकारले कार्य सम्पादन मूल्यांकन फाराम लगायतमा पहिलो नम्बरमा रहेको भन्दै प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । अर्याललाई नियुक्ति गरेपछि डिआइजी सिलवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतलाई विपक्षी बनाइ सर्वोच्चमा गत चैत ३१ मा पूरक निवेदन दिएका थिए।

प्रकाशित: २७ भाद्र २०७४ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App