coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भने: हाईड्याम बनाएर मधेसलाई डुबानवाट जोगाउँछौ

राजविराज- दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रीत गर्दै काँग्रेसको केन्द्रीय प्रचार अभियान मंगलबार सप्तरी सदरमुकाम राजविराजवाट प्रारम्भ भएको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको प्रचार अभियानको औपचारिक प्रारम्भ गरेका हुन्।

प्रदेश नम्बर दुईको पहिलो चुनावी सभाका रुपमा स्थानीय शिव मन्दिर प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तराई मधेसका जिल्लाहरुमा बर्षेनी हुने गरेको बाढी तथा डुबान समस्याको स्थायी समाधानका लागि कोसी हाईड्याम निर्माण गरिने बताए। ‘मधेसका जिल्लाहरु बाढीका कारण बर्षेनी तहसनहस हुने गर्दछन्, यसको स्थायी समाधानका प्रति सरकार निकै गम्भिर छन्’, उनले भने, ‘भारतसँगको सहकार्यमा कोसी हाइड्याम बनाएर भएपनि मधेसलाई बाढी र डुबानवाट जोगाउनै छौं।’

५ मिनेट लामो आफ्नो संक्षिप्त सम्बोधनमा मधेसका मतदाताहरुलाई रुझाउन प्रधानमन्त्रीले संविधान संशोधन, बाडी र डुबान समस्याको स्थायी समाधान, सिंचाईका लागि सुनकोसी डायभर्सन, हुलाकी राजमार्ग निर्माण जस्ता प्रतिवद्धताहरु व्यक्त गरे । एमालेकै कारण संविधान संशोधन नभएको भन्दै एमालेलाई मधेस विरोधि र काँग्रेस सवै वर्गलाई मिलाएर अघि बढने पार्टी रहेको समेत भन्न छुटाएनन्। आफ्नो सानो मन्तव्यमा देउवाले छिमेकी भारतसँग काँग्रेस र काँग्रेस नेतृत्वको सरकारको सम्बन्ध निकै सकारात्मक रहेको भनि पटक पटक स्पष्ट पार्न खोजेका थिए।

 ‘भारत भ्रमणका वेला हामीले भारतीय प्रधानमन्त्रीलाई भारतीय बाँधहरुका कारण नेपालको तराई मधेसका जिल्लाहरु बर्षेनी डुबानमा परिरहेको समस्या बारे स्पष्ट सुनाए, बिहारको मुख्यमन्त्री नितिश कुमारसँग पनि यस विषयमा कुरो गरे, उहाँहरु पनि समस्या समाधानका प्रति निकै सकारात्मक देखिनुभयो’, प्रमले भने, ‘भारतसँग हाम्रो राम्रो समन्वय भईरहेको छ, कोसी हाइड्याम र सुनकोसी डायभर्सन निर्माण कार्यका लागि हामि सहकार्य गर्न तयार छौ ।’

      कोसी हायड्याम तथा सुनकोसी डायभर्सनले एकातिर बाढी र डुबानको समस्या समाधान हुने र अर्को तर्फ तराई मधेसमा सिंचाईको प्रबन्ध समेत मिलाउन सकिने प्रधानमन्त्रीको भनाई छ । तराई मधेसको विकासका लागि हुलाकी राजमार्गको अपरिहार्यता रहेको बताउँदै प्रम देउवाले हुलाकी राजमार्गको निर्माण कार्य सक्दो चाँडो पुरा गर्न सरकार प्रतिवद्ध रहेको बताए।

काँग्रेस मात्रै लोकतन्त्र र प्रजतन्त्रका लागि प्रतिवद्ध रहेको वताउँदै देवाउले मुलुकका अन्य दलहरु अझै लोकतान्त्रीक र समावेशिताको सिद्धान्तलाई अंगिकार गर्न नसकेको आरोप लगाए । ‘नामै कम्युनिष्ट भएपछि उनीहरुबाट लोकतन्त्र र समावेशिताको अपेक्षा कसरी गर्न सकिन्छ र’, उनले भने, ‘कसैले पार्टीको नामनै प्रजातन्त्र भनेर राखेका रैछन् तर, लोकतन्त्र, समानता र समावेशिताका घोरबिरोधि, यस्ताहरुसँग मुलुकले कस्तो अपेक्षा गरुन ।’

      संविधानमा रहेका असन्तुष्टि दुर पार्दै संविधानलाई सर्वस्विकार्य वनाउन संशोधन आवश्यक देखिएकाले काँग्रेस नेतृत्वको सरकारद्वारा संशोधन प्रस्ताव दर्ता गराईएको उनको भनाई छ । उनले भने, ‘काँग्रेसले संशोधनको मुद्दा त्यागेको छैन, एक चोटि असफल हुदैमा हामी पछि हटनेवाला छैनौ ।’

      नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित चुनावी सभालाई काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला तथा पूर्व महामन्त्री बिमलेन्द्र निधिले समेत सम्बोधन गरेका थिए। 

प्रकाशित: २७ भाद्र २०७४ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App