७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बादँरको सेल्फी स्वामित्व फोटोग्राफरको भएको अदालतको फैसला

वासिङटन डिसी –दुई वर्ष लामो कानुनी विवादपछि अन्ततः फोटोग्राफर डेभिड जे स्लेटरले बादँरको सेल्फी स्वामित्व पाएका छन्। न्यू साउथ वेल्सका फोटोग्राफर स्लेटरको क्यामरामा सन् २०११ मा खिचिएको बादँरको सेल्फीको स्वामित्वमा विवाद भएको थियो।

फोटोग्राफर स्लेटरले उक्त तस्बिरको बिक्रीबाट आउने रकमको केही अंश उक्त बादँर रहेको स्थानको रक्षामा दिने घोषणा गरेको एक विज्ञप्तिमा उल्लेख छ।

विश्व प्रख्यात उक्त तस्बिर पशु अधिकार समूह पेल्टाले तस्बिर बादँरले नै लिएको भन्दै तस्बिरको स्वामित्व फोटोग्राफर स्लेटरलाई  दिनका लागि इन्कार गरेपछि विवाद अदालतसम्म पुगेको थियो।  फोटोग्राफर स्लेटरले तस्बिर खिच्नका लागि आफूले धेरै मेहनत गरी वातावरण बनाएको र तस्बिर पनि आफ्नै क्यमाराबाट खिचिएकोले त्यसको स्वामित्व आफूले पाउनुपर्ने दाबी गर्दै अदालतमा मुद्दा हालेका थिए।

अदातलमा दायर भएको उक्त मुद्दाको दुई वर्ष पछाडि फैसला गर्र्दै अमेरिकाको अदालतले सेल्फीको स्वामित्व बाँदरलाई दिन निमिल्ने भन्दै  फोटोग्राफर स्लेटरको पक्षमा फैसला गरेको हो।

बाँदरको तर्फबाट पशु अधिकार समूह पेटाले अर्को छुट्टै मुद्दा दायर गरेको थियो। अदालतले सो मुद्दा खारेज गरिदिएको छ। फोटोग्राफर स्लेटरले उक्त तस्बिरको बिक्रीबाट आउने रकमको केही अंश उक्त बादँर रहेको स्थानको रक्षामा दिने घोषणा गरेको एक विज्ञप्तिमा उल्लेख छ।

तस्बिरको स्वामित्वसम्बन्धी भएको कानुनी विवादका कारण फोटोग्राफर स्लेटरले यस अघि उक्त तस्बिर बापत कुनै पनि आर्थिक लाभ प्राप्त गर्न सकेका छैनन् । तस्विरको स्वामित्वसम्बन्धी कानुनी विवादका कारण उनको आर्थिक अवस्था समेत नाजुक हुन पुगेको थियो।

 

प्रकाशित: २७ भाद्र २०७४ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App